के ओली-प्रचण्ड-नेपाल फेरि मिल्दै छन् ?

काठमाडौं ६ फागुन । नेकपा एमालेका संसदीय दलको उपनेता सुवास नेम्वाङले अमेरिकी परियोजना एमसीसीको विषयमा आफ्नो पार्टीले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने बताएका छन् ।

सत्तागठवन्धन दलहरुले एमसीसीको विषयमा साझा धारणा बनाएपछि मात्र आफ्नो पार्टीको धारणा सार्वजनिक हुने नेता नेम्वाङले बताएका छन् ।

एमसीसीमा एमालेको कुनै धारणा छैन किनभने गठवन्धनबाट साझा एमसीसीको विषयमा निणर्य भएकै छैन उनले भने ।

त्यसैगरी आज दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी अनुमोदन गर्ने तयारीमा सरकार रहेको छ ।