नागिन ६’ मा बिग बोस बिजेता तेजस्वी प्रकाशको दमदार अभिनय, फ्यानले दिए यस्तो प्रतिक्रिया

टिभीको लोकप्रिय शो ‘नागिन’ को छैटौं सिजन १२ फेब्रुअरी २०२२ देखि कलर्स टिभीमा सुरु भएको छ । नागिन कलर्स टिभीको सबैभन्दा मनपर्ने शो मध्ये एक रहेको छ । शोको यस सिजनमा बिग बोस १५ कि विजेता तेजस्वी प्रकाश यादव मुख्य भूमिकामा देखिएकि छिन् । यससँगै सिम्बा नागपाल र मेहक चहल पनि महत्वपूर्ण भूमिकामा छन् ।

यो शो सुरु भएदेखि नै फ्यानहरूले माइक्रो ब्लगिङ साइट ट्विटरमा आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन् । समीक्षाहरू हेर्दा, यो स्पष्ट छ कि धेरै मानिसहरू शोको प्रिमियर हेर्न उत्साहित छन्, जबकि धेरैले तेजस्वी प्रकाशको भूमिकाको तारिफ गरिरहेका छन्। नागिन शोको हरेक सिजन हिट हुन्छ । नागिन पहिले नै हिट छ किनभने शोको ह्यासट्यागहरू यसको प्रिमियरदेखि नै ट्विटरमा प्रचलनमा छन्। ट्विटरमा प्रशंसकहरूले कस्तो प्रतिक्रिया दिइरहेका छन् त्यसको बारेमा बताउँदै छौ ।

धेरै ट्विटर प्रयोगकर्ताहरूले नागिन शोको छैटौं सिजनको प्रशंसा गरे, धेरै प्रयोगकर्ताहरूले शोको प्रिमियमबाट तेजस्वी प्रकाशका केही तस्विरहरू शेयर गरे र उनीहरूलाई शो कस्तो लाग्यो भनेर बताएका पनि छन् । तेजाको अभिनयलाई सबैले मन पराइरहेका छन् र उनी नागिनको रुपमा निकै सुन्दर देखिएकी छिन् ।

उनले आफ्नो प्राकृतिक अभिनय र सौन्दर्यले पर्दामा सबैलाई प्रभावित गरिन् । ट्विटरमा उनको प्रशंसा गर्दा फ्यानहरू थाक्दैनन्। धेरै फ्यानले तेजस्वी प्रकाशको ट्विटर अकाउन्टमा ट्याग गर्दै उनको तारिफ गरिरहेका छन् । तेजस्वी प्रकाशको अभिनयबाट फ्यानले उनको लुकलाई निकै रुचाएका छन् ।