‘एमसीसी राष्ट्रहितमा छ भन्नेहरु म संग बुँदा-बुँदामा वहस गर्न आउनु’ : भीम रावल

काठमाडौँ । एमाले सांसद भीम रावल एमसीसीको सबैभन्दा कट्टर विरोधी हुन् । उनले नेकपा एमालेको संसदीय बैठकमा पनि अध्यक्ष केपी शर्मा ओलीलाइ एमसीसीका बारेमा पार्टीको दृष्टिकोण तत्काल सार्वजनिक गर्नुपर्ने दवाव दिए । उनले एमसीसी सम्झौतामा रहेका केही प्रावधान राष्ट्रहित विरुद्ध भएकाले जस्ताको त्यस्तै पास गर्न नहुने धारणा राखे ।

सामाजिक सञ्जालमा पनि उत्तिकै नेता रावलले एमसीसी नेपालको हितमा छ भन्नेलाई आफूसँग बहसमा आउन चुनौती दिएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमसीसीका केही बुँदा राष्ट्रहित विपरीत रहेको भन्दै संशोधन नगरी अनुमोदन गर्न नसकिने बताए।

भीम रावलकै कारण एमसीसीको विरोध भएको भन्ने व्यक्तिलाई चुनौती दिँदै उनले भने, ‘एमसीसीका सम्झौता, यससँग सम्बन्धित अन्य सम्झौताका बुँदा बुँदामा बहस गर्न आउन चुनौती दिन्छु