पति थीर कोइरालासँगै अन्जु पन्तले अभिनय गरेको गीतको भिडियो सार्वजनिक

काठमाडौं । गायिका अञ्जु पन्तले नयाँ गीत सार्वजनिक गरेकी छन् । सार्वजनिक गीतमा गायिका अन्जु पन्तसँगै उनका पति थीर कोइरालाको अभिनय रहेको छ ।

हाल अमेरिकामा रहेकी अञ्जुले सोमबार भ्यालेन्टाइन डेको अवसर पारेर ‘अब छाडेर जाने कुरा नगर’बोलको प्रेमगीत सार्वजनिक गरेकी हुन् । भिडियोमा उनीहरुको विवाहको दृश्य समेत समावेश गरिएको छ ।

भिडियो ‘अन्जु पन्त अफिसियल’युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । गीतमा गोबिन्द हुमागाईंको शब्द, कर्मा ग्याल्जेन बोमजनको संगीत र फणिन्द्र राईको एरेन्ज छ । लक्ष्मण दियालीको परिकल्पना, निर्देशन तथा सम्पादन रहेको म्युजिक भिडियोलाई नरेन्द्र लोहनीले खिचेका हुन् ।