काठमाडौंमा पनि भेटियो बर्ड फ्लू, मानिसलाई पनि संक्रमण गराउन सक्ने भएकाले साबधानी अपनाउन आग्रह

काठमाडौं, १ फागुन-काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ । गोकर्णेश्वर नगरपालिका–३ मा वर्ड फ्लू भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिका-३ स्थित एक फर्ममा पालिएका कुखुराको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षण बर्ड फ्लू संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । बर्ड फ्लू नियन्त्रणको प्रयास भइरहेको र सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

एपी वान इन्फुलुन्जा संक्रमण भएको र यसले मानिसलाई पनि संक्रमण गराउन सक्ने भएकाले मन्त्रालयले सावधानी अपनाउन भनेको हो ।