दिनमा तीन पटक कफी पिउनुस् हुन्छ यस्तो फाइदा

काठमाडौं, एक अनुसन्धानका अनुसार दिनमा तीन पटक कफी पिउनाले तपाईको आयु बढ्न सक्छ ।

यो अनुसन्धान यूरोपको दश देशका करिब पाँच लाख मानिसमा गरिएको थियो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको थियो ।

तर केही विशेषज्ञाले शोधको नतिजामा शंका व्यक्त गरेका छन् । यी विशेषज्ञका अनुसार कफिकै कारण मानिसको आयु बढेको दाबी गर्न नसकिने बताएका छन् । उनीहरुले कफीका कारण भन्दा कफी पिउने मानिसको जीवनशैलीका कारण आयु बढेको भन्दै प्रश्न गरेका छन् ।

इन्टरनेशनल एजेन्सि फर रिसर्च अन क्यान्सर एण्ड इम्पेरियल कलेज लण्डनका शोधकर्ताका अनुसार अधिक कफी पिउनेको सम्बन्ध मुटु र अन्य विरामीका कारण हुने मृत्युको जोखिम कम गर्नेसँग सम्बन्धित छ ।

क्याब्रिज विश्वविद्यालयका प्रोफेसर सर डेविड स्पीगलहालटरका अनुसार यदी कफीका कारण मृत्युको दरमा कमीका आकलन गरिन्छ भने एक अतिरित्त कप कफी हरेक दिन पिउनाले पुरुषको उमेर तीन महीना भन्दा धेरै र महिलाको आयु औसत एक महिना बढ्न जान्छ ।

यो पनि पढ्नुहोस्,

सियारी गाँउपालिका–७ अमुवामा बुधबार बेलुकी टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

बेलुकी सवा ७ बजे लु २ ख ७६६ नम्बरको टिपरले साइकललाई ठक्कर दिँदा साइकलमा सवार स्थानीय ४५ वर्षीय ओम बहादुर कार्कीको मृत्यु भएको हो ।

भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा कार्कीको मृत्यु भएको हो ।

ठक्कर दिएपछि ट्रिपर भागेको थियो । फरार ट्रिपर र चालकलाई प्रहरी चौकी चिल्हियाले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय छपियाले जानकारी दिएको छ ।