सुनको मूल्यमा निरन्तर वृद्धि, आज पनि तोलामा ह्वात्तै बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

मंगलबार प्रतितोला ९३ हजार एक सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँ मा किनबेच भएको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर प्रतितोला १२८० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।