रवीन्द्र मिश्रको कटाक्ष : देउवा र प्रचण्ड जस्ता बहालवाला र भूतपूर्व प्रधानमन्त्री सहसचिवुको स्तरमा झरेर विदेशीलाई पत्र लेख्छन्

काठमाडौं २४ माघ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेखेको आरोप लगाएका छन् ।

देउवा र प्रचण्डले लेखेको एमसीसीको पत्र सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको सन्र्दभमा नेता मिश्रले यस्तो आलोचना गरेका हुन् ।

उनले भनेका छन् , ‘बहालवाला प्रधानमन्त्री विदेशी गुप्तचर निकायको प्रमुखलाई मध्यरातमा भेट्छन् र तिनकै पछाडि देशका धेरै वुद्धिजिवी, व्यापारी र बहुसंख्यक नागरिक दौडिन्छन्, बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ।’

नेता मिश्रले सामाजिक सञ्जाल मार्फत देउवा र प्रचण्ड जस्ता विदेशी गुप्तचर निकायको पछाडी देशका वुद्धिजिवी, व्यापारी र बहुसंख्यक नागरिक दौडिन्छन् तबसम्म देश गम्भीर संकट उन्मुख हुने बताएका छन् ।

जब देशको बहालवाला र भूतपूर्व प्रधानमन्त्री ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेख्छन्, बहालवाला प्रधानमन्त्री विदेशी गुप्तचर निकायको प्रमुखलाई मध्यरातमा भेट्छन् र तिनकै पछाडि देशका धेरै वुद्धिजिवी, व्यापारी र बहुसंख्यक नागरिक दौडिन्छन्, बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ।

मिश्रले लेखेका छन् , ‘जब देशको बहालवाला र भूतपूर्व प्रधानमन्त्री ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेख्छन्, बहालवाला प्रधानमन्त्री विदेशी गुप्तचर निकायको प्रमुखलाई मध्यरातमा भेट्छन् र तिनकै पछाडि देशका धेरै वुद्धिजिवी, व्यापारी र बहुसंख्यक नागरिक दौडिन्छन्, बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ।’