देउवा र प्रचण्डमाथि छानविन गरी कारवाही गर्न नेता रावलको माग

काठमाडौं २४ माघ । नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमथि छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आयोजना गरेको बैठकमा नेता रावलले यस्तो माग गरेका हुन् । देशको स्वाभिमानमा धक्का पुगेको भन्दै उनले बैठकमा भनेका छन्, ‘कसरी कूटनीतिलाई कमजोर बनाइँदैछ र देशको स्वाभिमानमा धक्का पुग्दैछ भन्ने यो नमुना हो ।’

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि नेता रावलले कारवाहीको माग गरेका हुन् ।

एमसीसी सम्झौताबारे जनतालाई जानकारी गराउन सरकारी स्रोत साधन उपयोग गर्ने भनेर एमसीसीको पत्रमा भनिएका भन्दै उनले भनेका छन् , ‘प्रतिनिधिसभामा प्रस्तुत गरिएको कुनै देशसँगको सम्झौता, जो अनुमोदनका लागि विचाराधीन छ ।’

त्यसलाई हामी यस्तो गर्नेछौं, उस्तो गर्नेछौं भनेर पत्र लेख्ने अधिकार कुनै व्यक्तिलाई हुन्छ
? यसमा छानबिन भएर कारबाही हुनुपर्छ ।’