चर्चित गायिका समिक्षा अधिकारी र सुकदेव अधिकारीले गाएको दोहोरी गित युटुवमा हिट (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा पछिल्लो समयकी अत्यन्तै लोकप्रिय गायिका समिक्षा अधिकारीको आवाजमा रहेको दोहोरी गित ‘माया पैलाको’ गितको अफिसियल म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ ।

लोकप्रिय गायक एवम् सर्जक सुकदेव अधिकारी एवम् सुमधुर आवाजमा धनि गायिका समिक्षा अधिकारी आवाजमा सजिएको उक्त दोहोरी गितमा सर्जक डम्बर विश्वकर्माको निकै उत्कृष्ट शब्द सृर्जना एवम् गितकार एवम् कलाकार विमल अधिकारीको संगित रचना रहेको छ  । गितमा माया प्रेमका विषयवस्तुलाई निकै रोमान्चक ढंगबाट प्रस्तुत गरिएको छ |

काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा लोकप्रिय कलाकार रामजी विमल अधिकारी संगै  रोसिन्दा अधिकारी, सकुना खत्रीको अभिनय एवम् डान्सिग फिचर रहेको छ | अत्यन्तै उत्कृष्ट सिनहरुमा तयार पारिएको गितको म्युजिक भिडियोलाई राजेश घिमिरेले छांयाकन एवम् दिपक विष्टको सम्पादन रहेको छ ।

उक्त गितको म्युजिक भिडियो Bhawana Music Solution को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :