लोकप्रिय गायिका टिका सानु र पशुपति शर्माले गाएको दोहोरी गितले युटुवमा तहल्का मच्चायो ( भिडियोसहित)

पानि पधेरिमा , औ बस मायालु दिलको मझेरीमा 

उक्त बोलको लोक गित अहिले बजारमा सार्बजनिक भएको छ। कुनै पनि गित संगीतलाई दर्शकहरुको रुचि भने उत्तिकै छ तर अलिकति क्रेज भने लोक दोहोरीमा देखिन्छ। यतिबेला धेरै जसो लोक गायक गायिका हरु निकै ब्यस्त देखिन्छन। कोहि भिडियो सुटिङ्गमा ब्यस्त छन् त कोहि गित रेकर्डिङ्गमा ब्यस्त छन्।

लोकप्रिय गायक पशुपति शर्मा , यज्ञा सापकोटा र गायिका टिका सानु , प्रतिमा भट्ट्राइको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार राजु केसी को शब्द सिर्जनामा बहुप्रतिभाका धनि यज्ञ सापकोटाको लय संकलनमा बनेको उक्त लोक गित ‘ पानि पधेरिमा ‘ बजारमा सार्बजनिक भईसकेको छ।

भिडियो तर्फ बिरेन्द्र भट्टले उक्त भिडियो छायांकन गरेका छ भने मदन खड्काले निर्देशन गरेका छन् र बिकास ज्ञावालीले उक्त गीतको भिडियो सम्पादन गरेका छन्। उक्त गीतमा अर्जुन सापकोटा , आस्था थापा , टंक डुम्रे र बेबो आचार्यको अभिनय रहेको छ।

उक्त लोक गीतलाई अकला देबी म्युजिकको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको छ। हेरेर सल्लाह सुझाब अनि प्रतिक्रिया दिन नभुल्नु होला है।

भिडियो हेर्नुहोस :