यस्ता छन् डेटा चोरी गर्न प्रयोग हुने मुख्य प्रकारका साइबर आक्रमण

काठमाडौं । पछिल्लो समय डेटा चोरी वा भनौँ ह्याकिङका समाचार सामान्य जस्तै भइसकेका छन् । हरेक दिन नयाँ नयाँ ह्याकिङ तथा डेटा ब्रिचका समाचार तपाईँ हामीले सुनिरहेका हुन्छौँ ।

हालै आइडेन्टिटी थेफ्ट रिसोर्स सेन्टर (आईटीआरसी) ले सार्वजनिक गरेको एक रिपोर्टका अनुसार सन् २०२० को तुलनामा सन् २०२१ मा यस्तो डेटा चोरी ६९ प्रतिशतले बढेको देखिन्छ । संस्थाले सार्वजनिक गरेको रिपोर्ट अनुसार डेटा चोरीका तीनवटा मुख्य कारणहरू रहेका छन्; फिशिङ/स्मिसिङ/बीईसी, र्‍यानसमवेयर र माल्वेयर ।

यस्ता छन् डेटा चोरी गर्न प्रयोग हुने मुख्य प्रकारका साइबर आक्रमण

यसर्थ सन् २०२१ मा डेटा चोरीको मुख्य कारण साइबर आक्रमण थियो भनेर रिपोर्टमा उल्लेख गरिएको छ । सन् २०२० मा भएका डेटा चोरीहरूका घटनाहरू भन्दा २०२१ मा भएका धेरै चोरीहरू साइबर आक्रमण-सम्बन्धित नै थिए ।

फिशिङ अथवा एसएमएसमा पठाइएका फिशिङ मेसेज र व्यापारिक ई-मेल सम्झौता (कसैले सहकर्मी वा पर्यवेक्षक भएको बहाना गरेर पठाइएका फिसिङ सन्देशहरू), सन् २०२१ मा डेटा चोरी गर्न सबैभन्दा धेरै प्रयोग भएको माध्यम थिए । त्यसपछि र्‍यानसमवेयर र मालवेयर २०२१ को डेटा चोरीको मुख्य कारणहरू थिए ।

हालको अवस्था हेर्ने हो भने २०२२ मा डेटा चोरीको मुख्य कारण फिसिङ भन्दा पनि र्‍यानसमवेयर हुने रिपोर्टले प्रक्षेपण गरेको छ । आईटीआरसीले २०२१ मा डेटा चोरीबाट २९ करोड ४० लाख जना शिकार भएको बताएको छ।