सोमबार स्थानीय तह निर्वाचनको मिति घोषणा हुन्छ : संचार मन्त्री कार्की

काठमाडौं २३ माघ । संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोली सोमबार स्थानीय तह निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।

सोमबार माघ २४ गते बस्ने मन्त्रिपरिषद्को बैठकमा निवार्चनको विषयमा घोषणा हुने सरकारका प्रवक्ता समेत रहेका कार्कीले बताएका छन् ।

जेठ ४ गने चुनाव गर्न निर्णय गरिने बताएका उनले निर्वाचनको विषयमा कुनै किसिमको द्वविधामा नरहन सबैमा आग्रह समेत गरेका छन् ।

निर्वाचन आयोगले दिएको समय अवधिमै निवार्चन हुने उनले बताएका छन् । आयोगले एक साता अगाडी यही जेठ ४ गते निार्वचन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

जेठ ५ गते वर्तमान स्थानीय पदाधिकारीहरुको समयवधि सकिँदै छ ।