राजु परियार पहिलोपटक परिवार सहित मिडियामा,जेठो छोरोको चकित पार्ने स्वर,किन्ने भए राजुले नयाँ घर(भिडियो कुराकनी)

लोक स्वर सम्राट राजु परियार आफ्नो श्रीमती छोरी र २ छोरा सहित पहिलोपटक मिडियामा आएका छन।दोहोरी क्षेत्रबाट लोक स्वर सम्राट घोषणा भएपछि उनि पहिलोपटक मिडियामा परिवार सहित आएका हुन्।उनि बस्ने निवासमै पुगेर उनको बारेमा धेरै जानकारी लिईएको छ।झन्डै ६ बर्ष गीत संगीतबाट सन्यास लिएका राजु फेरी ब्याक भएका थिए।आज उनि पुरानै तरिकाबाट दोहोरीमा छाउदै आएका छन।राजुका अधिकंश गीतहरु बिशेष लाइभ दोहोरी दर्शकको रोजाइमा पर्दै आएको छ।

राजुको जेठो छोरो निकै मिठो गाउने रहेछन।सानै उमेरमा सुरिलो आवाज रहेका उनको छोरो संगीतको स्वरले सबैलाई चकित बनाउने देखिएको छ।आधुनिक गीत निखारिएर गाउने उनि लोक गीत पनि धेरै मिठो गाउन सक्ने भएका छन।सबैले राजु दोहोरीमा भिज्दै गर्दा उनको परिवारबाट कोहि कलाकार बन्दैनन् कि भन्ने चिन्ता गरिरहेको पाइन्थ्यो तर उनको आवाज सुनेपछि सबै आनन्दित भएका छन,अब भने राजुको छोरो पनि गायक बन्ने पक्का भएको देखिन्छ।

उता उनको श्रीमती भने गीत संगीतमा रुची हुदा पनि लाग्न नसकेको बताउछन।आफुले गीत गाउने भए पनि गाउन न चाहेको कारण छोरो जन्मिएर बताएकी हुन्।छोरो जन्मिए संगै केहि समय परिवारलाईनै मध्यनजर गरेको कारण आफु दोहोरीमा ब्याक हुन नसकेको बताएका हुन्।जेठी श्रीमतीबाट सुख नमिलेका परिवारमा जव कान्छी श्रीमतीको आगमन भयो त्यस पछि अहिले भने परिवारमा निकै उत्साह देखिन्छ।राजुको सबैजसो गीत हिट छन।

१७ हजार भन्दा बढी गीतमा आवाज दिएका परियारले पछिल्लो समय हजारौ लाइभ दोहोरी गाएका छन भने केहि अन्य सदाबहार गीतहरुमा पनि आवाज दिदै आएका छन।गत बर्ष देखि उनले आवाज दिएका धेरै गीतहरु करोडको क्लबमा प्रवेश भईरहेको पाइन्छ।राजुको परिवार संग गरिएको यो बिशेष कुराकानी हेरौ :                                                                  https://youtu.be/7qacXTqcAY8