अभिनेत्री कंगना रनावतलाई दीपिकाको बारेमा प्रश्न सोधे पछि रिसले चुर भईन् , पत्रकारलाई यसो भनेर थर्काइन्

बलिउड अभिनेत्री कंगना रनौत आफ्नो बेजोड स्टाइलका कारण अक्सर चर्चामा रहन्छिन् । अहिले उनी आफ्नो नयाँ रियालिटी शो ‘लक अप’ को कारण चर्चामा छिन् । उनी आफ्नो शोको प्रवर्द्धनका लागि कार्यक्रममा जाने गर्छिन् । यसै क्रममा उनले मिडियासँग कुरा गर्दा एक पत्रकारले उनलाई अभिनेत्री दीपिका पादुकोणको बारेमा प्रश्न सोधे ।

तर कंगना रनौतलाई यो कुरा मन परेन, जसमा कंगना रनौत रिसाउछिन् र भन्छिन् कि म यसको कुनै जवाफ दिन सक्दिन । आज हामी यहि बिषयका बारेमा जानकारी दिदैछौ । दीपिका पादुकोणले आफ्नो फिल्म ‘घेराइयाँ’ को प्रमोशनका लागि बोल्ड सुन्तला रंगको लुगा लगाएकी थिइन् । जसका कारण उनी सोही दिनदेखि सामाजिक सञ्जालमा ट्रोल भइरहेकि थिईन् ।

जब रिपोर्टरले कंगना रनावतलाई दीपिकाको ड्रेसको बारेमा प्रश्न सोधे, कंगनाले जवाफ दिइन्( म यहाँ उनको वा अरू कसैको रक्षा गर्न आएको होइन। यदि म आफ्नो रक्षा गर्न सक्दिन भने, म कसरी उनीहरूको रक्षा गर्न सक्छु ? दीपिकाले आफ्नो रक्षा गर्न सक्छिन्, उनीसँग प्लेटफर्म र विशेषाधिकार दुवै छ।