अभिनेत्री परिणितीलाई यसकारण दुव्र्यवहार गर्छन अर्जुन कपुर

बलिउड अभिनेत्री परिणिती चोपडाले भर्खरै अर्जुन कपुरलाई केही भनेर एकदमै चर्चामा रहेकी छिन् । सामाजिक सञ्जालमा परिणीति र अर्जुन एक अर्का बिरुद्ध खुलेरै लागेको देखियो । दुबैले एकअर्कालाई यस्तो कुरा भने कि हेर्दा फ्यानहरु पनि अचम्ममा परेका छन् । परिणिती चोपडाले सन् २०१२ मा अर्जुन कपूरको अपोजिट फिल्म ‘इशकजादे’ बाट डेब्यु गरेकी थिइन् ।

आफ्नो पहिलो फिल्मबाटै उनले दर्शकको मनमा आफ्नो छुट्टै स्थान बनाएका थिए । अर्जुन कपूर र परिणिती चोपडाले आफ्नो करियर सँगै सुरु गरे र धेरै फिल्ममा सँगै देखा परे। यी दुईको मित्रता पनि निकै राम्रो छ । तर दुबै दिनदिनै एकअर्काको खुट्टा तान्छन् । अर्जुन कपुरले प्रायः परिणितीलाई दुव्र्यवहार र सामाजिक सञ्जालमा ट्रोल गरिरहन्छन्।

हालै उनले परिणीतिलाई भने कि परिणीतिले अर्जुन कपुर विरुद्ध यस्तो कारबाही गर्ने घोषणा गरेकी छिन्। वास्तवमा परिणीतिले आफ्ना फ्यानहरूलाई मनोरञ्जन दिन आफ्नो इन्स्टाग्राम एकाउन्टमा आस्क मि एनिथिंग सत्र आयोजना गरिन्। यस क्रममा उनका फ्यानले उनलाई धेरै प्रश्न सोधे, जसको उनले जवाफ दिईन् । यस सत्रमा परिणितीले हरेक विषयमा खुलेर बोलिन् ।

यसैबीच, आस्क मी एनिथिङ भन्ने प्रश्नमा एक प्रयोगकर्ताले अर्जुन कपूरको बारेमा केही लाइन लेख्न भनेका छन् । यसको जवाफ दिँदै परिणीताले भनिन्,– केही लाइन धेरै हुनेछन्ु, योसँगै उनले अर्जुन कपूरलाई ट्याग गरिन् । त्यसपछि अर्जुनले उनलाई ट्रोल गर्दै लेखे, ‘तिम्रो आवाज सुन्न लायक छैन । कम बोल्दा राम्रो हुन्थ्यो । जवाफमा परिणितीले ‘मैले नम्बर नै डिलिट गर्छु’ लेखिन् ।