भ्यालेन्टाइन अघि अमेरिकामा फूलको अभाव

‘३० वर्षदेखि फ्लोरिडा उद्योगसँग जोडिएको छु, तर फूलको यस्तो अभाव कहिले पनि देखेको छैन । समस्या पनि यस्तो समयमा आएको छ जब विवाहको सिजन र भ्यालेन्टाइन डे जस्ता उत्सवमा भारी माग रहेको छ,’ यो भनाई हो अमेरिकी फ्लोरल डिजाइन कम्पनी एन्ड लिब्बी इभेन्ट्सको पार्टनर बब कोटीको ।

अमेरिकामा यो समयमा २५ लाख विवाह हुन गइरहेको  छ । मानिस लाखौँ डलर खर्च गर्नका लागि तयार छन् । कोटी भन्छन्,‘ विवाहमा विशेष गरी प्रयोग हुने सेतो फूल र विशेष किसिमको गुलाब नै पाइएको छैन । ‘फूलको सट्टा वैकल्पिक बिरुवा र मैनबत्तीको प्रयोग गरिरहेका छौ । तर मानिसलाई यो खासै मन परेको छैन । ’

न्यूयोर्कमा एचएमआर डिजाइनका प्रमुख अधिकृत ऋषि पटेल भन्छन्, ‘पहिले प्राकृतिक विपद्का कारण फूल उपलब्ध हुँदैनथ्यो र देशका तर्फबाट नै यसको व्यवस्था गरिन्थ्यो । अलिकति मात्रै धेरै खर्च हुने गर्दथ्यो । तर, यस पटक भने विश्वभरि नै फूलको अभाव भएको छ ।’        पटेलका अनुसार मुस्किलले मात्रै सेतो फूल उपलब्ध भइरहेको छ  र मूल्य पनि २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म वृद्धि भएको छ । ११ अमेरिकी राज्यमा कारोबार गर्ने पेट्रिक डेल्सन भन्छन्,‘चालकको अभावका कारण ढुवानीको पनि समस्या आएको छ । अन्तर्राष्ट्रिय उडान कम भएकाले पनि बाहिरबाट मगाउन समेत मुस्किल भइरहेको छ  । यसका कारण फूललाई शीत भण्डारमा राख्न परेको छ । धेरै समय भएपछि यसले पनि काम गर्दैन ।