बिष्णु माझी र गायक राजु परियारको नयाँ गीत ‘नदेउ मनमा चोट’ले दर्शकको मन जित्दै हेर्नुस भिडियो

काठमान्डौ : पछिल्लो समय लोक प्रिय गायिका बिष्णु माझीको गीत चरी जेलैमा ले दर्शकको मन धेरै नै जितेको देख्न सकिन्छ उक्त गीताको कारण आम दर्शक स्वोर्ताले बिष्णु माझी लाई मिडियामा सार्बजनिक गर्नु पर्‍यो भनेर माग पनि गरेको सुनिन्छ  नेपाली लोक गीत अहिले एक पछी अर्को गर्दै हिट हुँदै गैरहेको छ, तेस्तै गरेर तीजको समयमा लगातार बजार तताएकी गायिका बिष्णु माझीले फेरी अर्को रेकर्ड तोड्ने गीत गाएकि छिन।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा राजु परियार र बिष्णु माझी को “नदेउ मनमा चोट” सार्बजनिक भएको छ |

तिम्रो नाम यो दिलको, यो साँझ, जाउ जाउ सानु, लगायतका गीतकी मोडल सुष्मा धमला अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक राजु परियार र गायिका बिष्णु माझीको स्वरमा रहेको नदेउ मनमा चोट’ गीत सुष्मा धमला र बाबुराम गदालको अभिनयमा भिडियो सहित सार्वजनिक भएको हो ।

यस गीतमा अभिनय गरेका मोडल बाबुराम स्वयंको शब्द तथा लय लय सृजना रहेको यस गीतमा समाजमा बिद्यमान जातिय बिभेदले निम्त्याएका मानसिक पिडा र त्यस त्यो बिभेद खेपिरहेका युवा युवतीले प्रेम समेत गर्न डराउनु पर्ने संरचनाको कारुणिकता र महत्वलाई देखाईएको छ ।

निसान एसकेको निर्देशनमा निर्माण भएको भिडियोलाई दिपक गीरीले छायांकन र अमृत चापागाईंले सम्पादन गरेका हुन् ।पछिल्ला केही बर्ष यता नेपाली कलाकारिता क्षेत्रमा राम्रो संभावना बोकेर देखिएको अनुहार र नाम हो सुष्मा धमला ।

ए क दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी उनले भद्रगोल, तितोपिरो र नगरी हुन्न टेली सिरियलमा अभिनय पनि गरेकी छन् । सुष्माले भर्खरै सार्वजनिक गीत नदेउ मनमा चोटबारे सामाजिक संजाल फेसबुकमा भनेकी छन् जातिय बिभेद विरुद्धको यो हाम्रो अभियानलाइ हजुरहरुले हेरेर साथ दिनु होला ।

हाम्रो यो सानो भिडियो मार्फत छुवाछुत तथा जातिय बिभेद बारे समाजको यथार्थ चित्रण गरिएको छ। जनचेतनामूलक यस गितलाइ ह्जुर हरुको साथ को खाँचो छ ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :