भारतीयको सहयोगमा ३ जना नेपालीको ह’त्या, ५० करोडको जग्गा बैना डेढ करोड कमिसन …

काठमाण्डौ – तीन जनाको ह त्या आरोपमा पक्राउ परेका अनिलकुमार मण्डलले जग्गा किनबेच गर्दा आउने कमिसनका कारण ह त्या भएको प्रारम्भिक बयान दिएका छन् । अपराध महाशाखा काठमाण्डौ र मोरङ प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा ह त्याको कारण जग्गाको बैना वापत आउने कमिसन नै रहेको आरोपीले बताएका हुन् ।  प्रहरी स्रोतका अनुसार यी चारजना जग्गा व्यवसायीको समूहले झापामा ५० करोडको जग्गा बैना गराएको थियो । जग्गा कसले कसलाई गराएको स्पष्ट नभएपनि ५० करोडको जग्गा बैना गराएवापत ३ प्रतिशतले हुन आउने डेढ करोड रुपैयाँ कमिसन आउने पक्कापक्की भएको थियो ।तर कमिसनका विषयमा लिम्बुले धेरै भाग खोजेपछि कमिसन एकलौटी पार्ने उद्देश्यका साथ मण्डलले पहिले लिम्बु र पछि अन्य दुई जनाको ह त्या गराएका थिए ।प्रहरी स्रोतका अनुसार जग्गाको कमिसनको विषयमा कुरा नमिलेपछि मण्डलको समूहले मंसिर २८ गते लिम्बुलाई ललितपुरको धापाखेलमा बोलाएर ह त्या गरेको थियो । उक्त ह त्या का ण्डको पोल खुल्ने ड रले पछि मण्डलको समूहले राजेन्द्र कुमार श्रेष्ठलाई पुषको ५ गते र शम्भु चौधरीलाई पुषको ७ गते मोरङमा ह त्या गरेका थिए ।