चर्चित गायक राजु परियार र रबिन लामिछानेले गाएको नया गीतले युटुबमा तहल्का पिट्यो (भिडियोसहित)

निरन्तर नेपालि लोम संगीतको सम्बर्धन तथा प्रबर्धनमा जुटिरहेका धादिङ्गका युवा सर्जक प्रदिप अधिकारीले पुनः अर्को गीत बजारमा लिएर आएका छन् । उनले यस अघि पनि आफ्नो नामको युट्युब च्यानल मार्फत थुप्रै गीतहरु सार्बजनिक गरिसकेका छन् ।

प्रदिपको च्यानल मार्फत सार्बजनिक भएको गीतहरुमा सारै मन अत्त्याउने, मासको मस्यौरी, मेरी मायालाई, पिरती छ धेरै, कर्म खोटी, मुटु फुट्दा लगाएतका छन् । यस भन्दा पहिले नै सार्बजनिक भैसकेका गीतहरुले अशंख्य श्रोता तथा दर्शक माया प्राप्त भैसकेपछि सर्जक प्रदिप अधिकारी यस बस्न सकेनन् र उनले अर्को गीत ‘सुर्ती जर्दाले’ पनि सार्बजनिक गरिसकेका छन् ।

नेपाली लोक संगीत क्षेत्रका प्रतिष्ठित कलाकारहरुको संलग्नता रहेको यस गीतलाई प्रदिप स्वयम् ले लय तयार परेका हुन् भने शब्द रमेश बि।जी ले तयार हुन् । ‘सुर्ती जर्दाले’ बोलको गीतमा राजु परियार, समिक्षा अधिकारी, रबिन लामिछाने र मनमाया वाइवाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा सामुहिक स्वर धुर्बराजा धिताल, राजु सुनाम, रन्जन थापा मगर, जमुना सुनाम, पिमसारा आले मगर र सिता घिमिरेको रहेको छ ।

गीतको अडियो तथा भिडियोको सम्पूर्ण निकै बलियो बनेको कारणले नै यस गीतलाई छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुको साथ् प्राप्त भएको छ । सुर्ती जर्दाले बोलको गीतको म्युजिक भिडियोलाई निकै लामो समय यता निर्देशन तथा अभिनय यात्रालाई निखारपन ल्याउदैन समर्पित बहुप्रतीभाका खानि दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन् ।

उनले आफ्नो क्षमताले भ्याए सम्मका कला यस गीतको म्युजिक भिडियोमा उतारेका छन् । दिपेन्द्र द्वारा निर्देशित भिडियोमा शंकर बि।सी, अन्जली अधिकारी, बिमल अधिकारी, लक्ष्मी तिमल्सिना, निर आले, जिबन ज्ञवाली, सिर्जना किराती, मनोज बि।क, बिना बिस्वकर्मा, जोहन बम, रमिला रोका, शुस्मिता आले, बिक्रम नेपालि, मौनी मगर, लक्ष्मी शाही, सिद्धार्थ आले, खेम बा, र दिपेन्द्र तिमल्सिनाको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई छायांकन नबराज उप्रेती र समुहले गरेको हो भने सम्पादन मनोन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्नुहोस् –

यो पनि- बाजुराका ९ बर्षिय सुप्रीम मल्ल ठकुरी गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ को टप ८ मा प्रवेश गरेका छन्। बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जन्मिएका मल्ल ‘द भ्वाइस किड्स नेपाल’ मा दमदार प्रस्तुति दिदै आएका छन्। शनिबार राजु लामाको टिमबाट उत्कृष्ट ८ मा प्रवेश गरेका छन्। दर्शकको भोटका आधारमा उत्कृष्ट ८ मा छ्नोट भएका हुन्।

द भ्वाइस किड्स नेपाल को ब्लाइन्ड अडिसनमा नदेखिन्या घाउ बोलको गित गाएर चारै वटा कोचको मन जिते सङ्गै टिम राजुलाई रोजेका थिए। उनले भिडियो अभिनय देखि लाइभ दोहरी हुँदै चर्चित रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा अदभूत-प्रतिभा देखाएका छन्। उनी अग्रज कलाकारका गितलाई सहजै गाउन सक्ने क्षमता रहेको छ। उनको प्रतिभाले निकैचर्चा पाएको छ।

‘द भ्वाइस किड्स’ को निर्णायकमा गायक राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार रहेका छन्। ‘द भ्वाइस किड्स नेपाल’ हिमालय टेलिभिजनमा सातामा शुक्रवार र शनिवार ८ बजे प्रसारण हुने गर्छ। भने द भ्वाइस अफ नेपाल’ को युट्युब च्यानलबाट पनि प्रसारण हुने गर्दछ। धनगढिको नवजिवन स्कुलबाट अक्षराम्भ गरेका मल्ल कक्षा एलकेजी देखि कक्षा १ सम्म नेपालगन्जको ड्रीमल्याण्ड स्कुलमा पढेका थिए।

सुप्रीम मल्ललाई आजबाट आउदो शनिबार राती ९ बजेसम्म भोट गर्न सकिनेछ। दर्शकको आशीर्वादले यहाँसम्म आफू पुग्न स:फल भएको र फाईनलसम्म साथ सहयोग गरिदिन अनुरोध गरेका छन्। अझै आफ्नो प्रतिभा देखाउने प्रयास गर्ने मल्लले प्रतिक्रिया दिए। हाल कक्षा ४ मा काठमाडौंमा अध्ययनरत छन्। त्यस्तै गरेर सुप्रिम मल्लले गायका लाइभ दोहोरी समेत निकैनै चर्चामा आउने गरेका हुन्छन।

बाल गायक सुप्रिम मल्ल आमा-बाबा सहितको पहिलो अन्तरबार्ता,परिवारको चल्यो रुवाबासी,रहेछ यतिधेरै पिडा। बाजुरा बाट प्रतिनिधित्व गर्दै देस तथा बिदेशमा रहनु भएका सबै दर्शकको मनमा कब्जा जमाइ,Voice of Kids को फाइनलमा प्रबेश गरेका चर्चित बाल कलाकार सुपृम मल्ल लाई हार्दिक बधाई छ। अर्को राउन्ड को लागि आजै बाट भोट गरौ