पालुङटारमा ४१ करोड बढि लगानीमा खानेपानी आयोजना, मेयर कंडेलले गरे शिलन्यास

गोरखा । पालुङटार नगरपालिकामा ४१ कराेड भन्दा बढी रकम लगानीमा वृहत खानेपानी आयाेजना निर्माण हुने भएकाे छ ।

पालुङटार नगरपालिकाकाे समन्वयमा संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङ्गले नगरक्षेत्रका १ देखि ६ नम्बर वडासम्मका जनतालाई खानेपानी पुर्याउने गरी ४१ कराेड १६ लाख ९३ हजार ४ सय १७ रुपैया लगानीमा आयाेजना निर्माण गर्न लागेकाे हाे ।

३ वटा लिफ्टिङ्ग खानेपानी आयाेजना रहेकाे पालुङटार (१–१०) बृहत पम्पिङ्ग खानेपानी आयाेजनाकाे मंगलबार एक कार्यक्रमका वीच नगरप्रमुख ई दिपकबाबु कडे‌ंलले शिलन्यास गरेका छन् । वडा नम्बर १ देखि ६ सम्मका करिब २ हजार २ बढि घरपरिवारलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित आयाेजना सुरु गरिएकाे मेयर कडे‌लले बताए ।

वृहत पम्पिङ्ग खानेपानी आयाेजनाभित्र चेपेखाेला र मिर्दि खाेलाकाे दाेभानबाट लिगलिगकाेट लिफ्टिङ्ग खानेपानी आयाेजना, भुसुण्डे हिटिकाे धारा नजिकैबाट खुर्पाजुङ्ग लिफ्टिङ्ग खानेपानी आयाेजना, मर्स्याङ्गदी नदिबाट देउकाेट लिफ्टिङ्ग खानेपानी आयाेजना रहेका छन् । वृहत आयाेजनाको उपभाेक्ता समितिका अध्यक्ष विमल ढकालकाे अध्यक्षतामा शिल्न्यास कार्यक्रम भएकाे हाे ।

बिभिन्न स्थानमा गरेर करिब ५० वटा ट्यांकी निर्माण हुने आयाेजनामा ९० प्रतिशत संघिय सरकारकाे लगानी रहेकाे छ । त्यस्तै आयाेजना निर्माणमा ५८ लाख ५८ हजार रुपैया पालुङ्गटार नगरपालिकाले लगानी गर्नेछ भने आयाेजनामा ९ प्रतिशत उपभाेक्ताकाे श्रमदान रहने समितीका अध्यक्ष ढकालले सिभिलखबरलाई जानकारी दिए ।272777456_1124583021631378_3041855012808609280_n-768x512.jpg

जसबाट पालुङ्गटार नगरपालिकाकाे खाेप्लाङ्ग, आँपपिपल, पालुङ्गटार, गाईखुर र मिरकाेटका गरी २ हजार २ सय ५० घरमा खानेपानी पुग्ने उनले बताए । सगुन मृत सञ्जिवनी कर्ण सगुन जेभी कन्ट्रक्सनले निर्माण जिम्मा पाएकाे आयाेजना ३ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेकाे छ ‘मैले चुनावकाे बेला सबैका घरमा पानी पुर्याउने बाचा गरेकाे थिए, ठुलाे आयाेजना भएकाले तयारीमा केहि बर्ष लाग्याे’ नगरप्रमुख कडेंलले सिभिलखबरलाई भने ‘आयाेजना निर्माणकाे काम सुरु भयाे, अब केहि बर्षमा सबैका घरमा स्वच्छ खानेपानी पुग्छ ।’

शिलन्यास कार्यक्रममा नगरप्रमुख दिपकबाबु कडेंलसहित उपप्रमुख पम्फा बसेल, संघिय खानेपानी तथा ढल व्यवस्थापन आयाेजना लमजुङ्गका प्रमुख देवेन्द्र कुमार झा, वडाअध्यक्षहरु १ का कृष्ण बहादुर परियार, ३ का रेशम बहादुर अधिकारी र ४ कार्यबहाक अध्यक्ष डिलेन्द्र बहादुर देवकाेटा लगायतकाे उपस्थती रहेकाे थियाे ।