उपासनाको लोभलाग्दो फड्को ! तस्बिरहरू

नायिका उपासना सिंह ठकुरी चलचित्रमा पछिल्लो पुस्ताकी सबैभन्दा बढी माग भएकी नायिका हुन् । २ वटा चलचित्रमा काम गरेपछि उपासनाको माग बढेको थियो । उनको हातमा अहिले चलचित्र नै चलचित्र छन् ।

नेपाली चलचित्रका अधिकांश कलाकारहरुले आफूलाई रिजर्भ राख्न नसक्दा स्टारडम कमजोर बनाइरहेका छन् । अझ, लकडाउनयता त अधिकांश नायक–नायिका सार्वजनिक रुपमा यति धेरै देखिए कि, दर्शकलाई उनीहरुमाथि कुनै रहस्य नै बाँकी छैन ।

तर, केही थोरै मात्र कलाकारले त्यो रहस्यलाई बचाएका छन् । यसमै पर्छिन् उपासना सिंह ठकुरी । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै फ्यानलाई आफ्नो बारेमा जानकारी दिने उपासना सार्वजनिक रुपमा र मिडियामा पनि निक्कै कम देखिने नायिका हुन् । यसैले, पनि उनलाई चलचित्रमा नै हेर्न दर्शकहरु उत्साहित हुने गरेका छन् ।

एक बर्षको रिजर्व पछि पछिल्लो समय भने उनी नयाँ फिल्ममा धमाधम साइन् गरेकी छन् । उनको फिल्ममा लिन निर्माताको लाइन नै छ । उनको लोभलाग्दो फड्को देखेर कलाकर्मी नै चकित पर्ने गरेका छन् ।