हरिवंश आचार्यको गीत ‘कर्कलो कोक्याउला’ जनचेतनाका लागि प्रयोग गरिने

हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा चेलीबेटी बेचबिखन सम्बन्धी सचेतना जगाउने  ‘कर्कलो कोक्याउला’ गीत तयार भएको छ। उक्त गीतको अडियो–भिडियो कलाकार आचार्यले सोमबार प्रहरी प्रधान कार्यालयलाई प्रदान गरेका छन्।

गीतले समाजमा विभिन्न खालका परिवर्तित शैलीबाट हुने मानव बेचबिखनका घटनाक्रमहरूलाई समेटेको छ। त्यस्तै, गरिबी बेरोजगारी तथा अपेक्षाकृत जीवन व्यतीत गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने गरेको विषय गीतमा उल्लेख गरिएको छ।

समाजमा सचेतना अभिवृद्धि गरी मानब बेचबिखनका घटनाहरू रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले बनाइएको उक्त गीत प्रहरी कार्यालयहरुले आ–आफ्ना कार्यालय तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमहरूमा व्यापक रुपमा प्रचार प्रसार गर्ने बताइएको छ। नयाँ पत्रीकाबाट