गुल्मीका भाइरल “बिरे दाईको” पहिलो गीत ‘ऐसुलोको पात’ सार्वजनिक, एकैछिनमा भाईरल (भिडियो सहित)

काठमाडौं : पुरुष र महिला दुवै आवाजमा गीत गाएर सर्वत्र चर्चा कमाएका मुसिकोट नगरपालिका, गुल्मीका बिर बहादुर विश्वकर्मा ‘बिरे दाई’ को आफ्नो आवाजमा गीत रेकर्ड गराउने धोको पुरा भएको छ। उनको गीत ‘ऐसुलोको पात’ डिजिटल बजारमा सार्वजनिक भएको छ।

सञ्चारकर्मी मोहन बस्नेतद्वारा निर्मित डकुमेन्ट्रीमा उनले आफ्नो गीत रेकर्ड गराउने धोको रहेको बताएका थिए। उनले हालै टेलिभिजन कार्यक्रम इन्द्रेणीमा दोहोरी पनि गाएका थिए। बिर बहादुर विक अर्थात बिरे दाई र कमल बरालको आवाजमा रहेको उक्त गीतको शब्द र लय संकलन भा’इरल गायक बिर बहादुर विकले गर्नुभएको हो।

यस गीतलाई आज्ञा क्रियसन प्रा.लि. ले निर्माणमा Ramchandra Chand युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । साथै गीत निर्माणमा सहयोग पुर्याउने लोक गायक रामचन्द्र चन्द, बैकुण्ठ रायमाझी, मोहन बस्नेत, हेमनाथ खराल, नुर भण्डारी र केशव पाण्डे प्रति आभार व्यक्त गरिएको छ।

यसको लगत्तै बिर बहादुर विश्वकर्माको पहिलो रेकर्डिङ गित लोकगायिका शर्मिला गुरुङ संगको झ्याउरे गीत ‘ठाडो भाका’ पनि आउने क्रममा रहेको छ। जानकारका अनुसार वामी-विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समितिले निर्माण गर्ने उक्त ठाडो भाका यथासिघ्र बिर बहादुर विश्वकर्मा कै जन्मथलो वामीमा सुटिङ हुने पनि बताइएको छ।हेर्नुहोस् अब उक्त गीतको म्युजिक भिडियो ।