आगामी जेठ महिनाभित्रै स्थानीय चुनाव गर्ने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौं ।

सत्तासत्तारुढ गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

 

 

गठबन्धन बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न हुने बताए । अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तोक्ने छ । निर्वाचन आयोग लगायत निकायबाट स्थानीय तहको चुनावको मिति तोक्न ताकेता भइरहेका बेला शनिवार गठबन्धनको बैठक बसेको हो ।