जाडोमा आश्माको हट पोज , फोटो बन्यो ‍भाइरल ( हेर्नुहोस् )

आश्मा विश्वकर्मा नेपालको एक मात्र बि गर्लिङ गर्ने युवती हुन् । उनले छोटो समयमै दर्शकहरुको मन जितेकी छन् । कार्टुन्ज क्रु मेम्बर आश्माका हरेक भिडियोहरु दर्शकले खोजी खोजी हेर्ने गरेका छन् । सुन्दर डान्सर र सुन्दर मुहारका कारण चम्किएकी आश्मा अहिलेसम्मको आफ्नो यात्राबारे के भन्छिन् ?

कस्तो चल्दैछ ? आश्मा–डान्स गर्न पाइरहेकी छु, रमाइलो छ । मेरो क्रु नै मेरो खुशीको स्रोत हो ।

जीवनलाई रमाइलो बनाउन के चाहिन्छ ? आश्मा–आफूले सोचेको र चाहेको कुरा गर्न पाइयो भने जीवन यसै रमाइलो हुन्छ । म डान्स, मेरो टिम र परिवारसँग असाध्यै रमाउँछु ।

तपाईंको सबैभन्दा नजिकको व्यक्ति ? आश्मा–व्यक्ति भन्दा पनि कार्टुन्ज क्रु र मेरो परिवार ।

आफूसँग भएको अमूल्य चीज ? आश्मा–कार्टुन्ज क्रुका टिम लिडर सरोज अधिकारी र मेरो युनिटी तथा केमेस्टी अनि मसँग भएको कडा मेहनत गर्न सक्ने खुबी र मेरो प्यासन ।

तपाई जस्ता युवा के चाहन्छन् ? आश्मा–प्लेटफर्म चाहन्छन् । प्रगतिका लागि पारिवारिक विश्वास एवम् सहयोग चाहन्छन् ।

टिममा सबै केटाहरू मात्र छन्, एक्ली केटी हुँदा केही अप्ठ्यारो हुन्छ कि ?

आश्मा–म नेपालकै पहिलो बि गर्लिङ गर्ने केटी हुँ । शुरुमा कार्टुन्ज क्रुमा आउँदा केही असहज लागेको थियो । किनभने म एक्ली केटी थिएँ तर, क्रमशः टिम लिडर सरोज अधिकारीको नेतृत्व क्षमताले अत्यन्तै सहज बनाउँदै लग्यो । अहिले त अझ सहयोग मिलेको छ, एकदमै रमाइलो भइरहेको छ । अहिलेसम्म यहाँ म एक्लै छु, कोही अरु युवती पनि थपिन सक्छन् ।

प्रेम के हो ? तपाईं पनि प्रेममा हुनुहुन्छ ? आश्मा– विश्वास, सहयोग र समझदारी हो । मेरो प्रेम परिवार, कार्टुन्ज क्रु र मलाई माया गर्ने दर्शकहरूसँग छ ।

तपाईंसँग कहिल्यै नछुट्ने चीज ? आश्मा– मोबाइल, लिपिस्टिक र कम्प्याक्ट पाउडर ।

जीवनको अविस्मरणीय क्षण ? आश्मा–कार्टुन्ज क्रुमा सहभागी हुन आउँदाको क्षण । पहिले म छुट्टै बि गर्लिङ प्राक्टिस गर्थें, कार्टुन्ज क्रु छुट्टै । कार्टुन्ज क्रुका टिम लिडर सरोज अधिकारीको हौसला र प्रेरणाले म यहाँसम्म आइपुगें ।