बेलायतमा रहेकी सृजनाको भिडियो बन्यो रातरात भाईरल ( हेर्नुहोस्)

काठमाडौं । गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरु मगमग’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा सुन्दरी मोडल तथा भ्लगर सिर्जना निङ्लेखुको बेजोड अभिनय देख्न सकिन्छ ।

सार्वजनिक भिडियोमा गज्जबसँग खुलेकी सुन्दरी सिर्जनाले आफूलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफै र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन् ।

कन्चन थलङ लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई एक दशक भन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन्, भने भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको छ ।

प्रवासबाट सर्वाधिक धेरै र स्तरीय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्रहरुसमेत छायांकन गरेका छन् । भिडियो मोडल सिर्जनाको आफ्नै युट्युब च्यानल सिर्जना निङ्लेखुबाट सार्वजनिक गरिएको छ ।

कलाकारितामा १ दशक बढी समय बिताइसकेकी सिर्जनाले कल्चरल म्यूजिक भिडियोबाट कलाकारिता यात्रा सुरु गरेकी हुन् । उनले रंगकर्मी तथा अभिनेता अनुप बरालसँग अभिनय कला सिकेका कारण अनुपलाई गुरु मान्छिन् ।

रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलीसकेकी सृजनालाई थ्रिएटर, रंगमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव छ । बहुआयामिक प्रतिभाकी धनी सृजना आफ्नो व्यस्त दैनिकीका बाबजुत पनि गीत÷संगीत कर्मबाट निकै खुशी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.