बुद्धिसागरको उपन्यास “फिरफिरे” बारेमा

उपन्यास: फिरफिरे
लेखक: बुद्विसागर चपाईँ
प्रकाशक: 𝚏𝚒𝚗𝚎 𝚙𝚛𝚒𝚗𝚝 𝚙𝚞𝚋𝚕𝚒𝚌𝚊𝚝𝚒𝚘𝚗
प्रकाशित मिति :असाेज 2072 (मदनपुरस्कारकाे निम्ति छनाेटमा पर्न सफल)
कुल पन्ना:534
मुल्य: 542 मात्र

युवा सर्जक बुद्विसागर चपाईँकाे प्रस्तुति हाे, उपन्यास फिरफिरे । 𝙵𝙿 बाट प्रकाशित उनकाे याे दाेस्राे उपन्यास हाे भने उनको पहिलो उपन्यास कर्णाली ब्लुज एघार खण्डमा विभाजित छ । दैनिक मनाेवाद शैलीमा प्रस्तुत उनकाे पहिलो उपन्यास पहिलो, दाेस्राे दिन हुँदै एघारौं खण्डमा टुङ्गिएकाे छ भने यश उपन्यासमा उनले विभिन्न शिर्षककाे उपनाम दिएर उपन्यास लेखेका छन ।

कर्णाली ब्लुज उपन्यासको सुरूवात नेपालगन्ज मेडिकल शिक्षण अस्पताल काेहलपुरबाट गरिएको छ भने फिरफिरेमा पनि बाँकेलाई समेटिएको छ ।

आँपकाे पात च्यातेर पवन र वसन्तले फिरफिरे बनाइ आफ्नो बाल्यकाल बिताएकाे समय सापेक्षतामा रहि उपन्यासको शिर्षक लेखकले राखेका देखिएको भएतापनि वास्तवमा पवनकाे जिवनकाे उथलपुथलमा वसन्तले आफ्नो जीवन नै गुमाएकाे जस्तो उपन्यासले प्रस्ट देखाउछ । यसरी पवन र वसन्तकाे जीवन नै फिरफिरे झै समय चक्रमा घुम्दा उपन्यास साँच्चिकै फिरफिरे बनेकाे छ ।

उपन्यासमा सरल र गाँउले पाराले मिठाे भाषामा कहानी उनेका छन लेखकले । उपन्यासमा पवन र वसन्त नायक हुन भने जुठीआमैलाई नायिकाकाे पात्रमा उपस्थिति गराएका छन लेखकले यश उपन्यासमा ।नेपालगन्जबाट आएका लेखकले बाल्यकालमा आफैले पढेकाे विद्यालयमा यश कहानी भनेर उपन्यासलाई गति दिएका छन । उपन्यासमा लेखक स्वयं वसन्त पात्र बनेका छन र कतैकतै याे कहानी वसन्तकाे डायरी नै हाे कि जस्तो पनि भाव उपन्न हुन्छ, कहानीमा घुस्दै जाँदा । उपन्यासमा वसन्तकाे आमा जसाेदा, पवनकाे बाबू सर्वजित मास्टर र उसकाे बहिनी फुच्ची । उपन्यासकाे मुल पात्रसँग मुल नाता गाँसीएका पात्र हुन । पिक्कु माझी, त्रैलाेक र बिजु, अम्बरपुरमा पुगेपछि थपिएका पात्र हरूमा पवनकाे प्रेमिका मुनमुन तथा रकी दादा र उसका दलहरू बालपात्रकाे भुमिकामा उपस्थिति भएका छन । समाजकाे असल र खरावकाे चरित्र वर्णन गर्न सहयाेग पुर्‍याउने सहयात्रीकाे रूपमा हरिनारायण, झक्कुलाल, घुइयाराम, शान्तिराम, जीवाराम, रमलादेवी, जैमली, बाँसबारीकाे स्थान परिवेशमा घुमेका पात्र हुन भने भुल काका, देविलाल सर र बसिर अम्बरपुरकाे स्थान परिवेशमा भित्रिएका छन । र,उपन्यासमा लेखकले साैतेनी नदि,बाँसबारी,अम्बरपुर,नेपालगन्ज, मैनापुर तथा टमटाटाेलमा कहानी घुमाउदै लेखेका छन ।

लेखक वसन्त श्रीमती आस्था र छोरी जुनालाई साथ लिएर आफ्नो पूरानो गाउँ बाँसबारी जान्छ जहाँ उसका अतीतका स्मृतिहरू ताजा भएर आउँछन् । सर्वजीत मास्टरको छोरा पवनसँग बितेको बाल्यकाल; आमा जसोदाको सङ्घर्षपूर्ण जीवन; छोराको मृत्युबाट विक्षिप्त चिलगाडीको वियोगान्त अवसान; जुठी आमैमाथि बोक्सीको आरोपमा गाउँलेबाट भएको दुर्व्यवहार; एक्लो कोहिनुर झाँक्रीको दुखद् जीवनकथा; र अरूलाई सौतेने खोला तार्दातार्दै जीवनको ऊर्जा गुमाएको पिच्कु माझीका असफल रहरहरू वसन्तको स्मृतिमार्फत् उपन्यासमा कोरिएका छन् ।

उपन्यासको सबल पक्ष भनेकाे मुडुलाे टाउकाे शिर्षकमा लेखकले यति शक्तिशाली तवरले आफ्नो कलम चलाएका छन कि त्यस घटनामा स्वयं म नै त्यहाँ उपस्थिति थिए तर मैले जुठीअामैलाई बचाउन सकिन भन्ने त्यति शक्तिशाली प्रस्तुति दिएका छन । नेपाली साहित्यमा यसरी प्रस्तुति देखाउने यस्ता लेखक कमै भेटिन्छन ।

उपन्यासको मूल कथाक्रम सर्वजीत मास्टर र उसको छोरा पवनको वियोगान्त जीवनको वरिपरि घुमेको छ । स्थानीय विद्यालयको हेडमास्टर, नाम सर्वजीत, तर जीवनबाट सर्वथा हारमात्र खाएको छ । छोरा पवन इन्सेफलाइटिस रोगका कारण जीवनका सबै कलिला रहर र उमङ्गमात्र होइन, होशहवास नै गुमाउँछ, र संसारबाट गायब हुन्छ । कथामा सहायक तर सशक्तरूपमा उपस्थित छे पवनकी बहिनी रमा (फुच्ची) जसले पाठकलाई बेलाबेलामा भावुक बनाइरहन्छे । उपन्यासभरि यो परिवार कथाको केन्द्रबिन्दुमा छ ।

सँगसँगै उपन्यासमा बगेको छ पवन र वसन्त (बन्ते) को मित्रताको कथा । एउटा यस्तो मित्रता जुन दुई परिवारबीचको असहज सम्बन्धबीच पनि प्रगाढ बेनको छ र उनिहरूलाई एकअर्काको अभिन्न बनाएको छ ।

इन्सेफलाइटिस राेगबाट अाफ्ना सबै अतीत विर्सेकाे पवनलाई उसकाे साथी वसन्तले उसका अतितका दिन फर्काउने पुरापुर काेशिस गरेका छन । बाँसबारीकाे प्रतेक झाङहरूमा, बेसरमका झाडीमा लगेका छन । बालापनमा गरेका गल्तीहरू सबै स्मरण गराउने काेशिस गरेका छन । अम्बरपुरमा लगेर बसिर सँग पनि भेग गराई चलचित्र देखाएका छन । तर पवन आफ्नो अतितलाई कहिल्यै स्मरण गर्न सकेका छैनन । अन्तिम अस्त्रकाे रूपमा वसन्तले पवनकाे प्रेमिका मुनमुनलाई भेट गराउदा उसकाे स्मरण फर्कने आशामा उसलाई भगाएर अम्बरपुर लैजान्छ मुनमुनलाई भेट गराउन । पाेस्टकार्ड र कालाे चुन्नी दिएर बेग्र प्रतिक्षामा भेट त गरे तर पवनले कहिल्यै पनि आफ्नाे हराएको दिमागी हालत फेला पार्न सकेन ।

बाेक्सीप्रथाकाे रहस्य भित्र उपन्यास लेखेकाले हाम्रो नेपाली समाज कत्तिको विरूप गतिमा छ त्याे यश उपन्यास बाहेक अन्य उपन्यासले कमै दिन सक्दन ।

उपन्यासको अन्तिम खण्डमा अम्बरपुरबाट मुनमुनलाई भेट गरेपछि पवन हराएकाे प्रसंग आउँछ । यश घटनाले वसन्त कति पागल बन्छ त्याे वर्णन गरेर यहाँ प्रस्तुत गर्न सकिँदैन । त्यस घटना पश्चात् पवन कहिल्यै पनि फर्केर आएकाे छैनन । यश प्रसंगमा लेखकले यति जाेडदार तवरले लेखेका छन म जुन प्रसंग हुँबहु उपस्थित गराउछु :”

सौतेनी नदीको डायन कराएजस्तो आवाज उसको कानसम्म आइरहेको थियो बिजुलीको चमकमा सारा संसार छोप्नलाई फैलिरहेजस्तो पानीको भेल देखियो । पिच्कुको झोपडीलाई अँध्यारोले खर्लप्पै निलेको थियो । ऊ यसरी काँप्यो, मानौं
एउटा भयावह भुमरीले उडाउँदै उसलाई पातालको अँध्यारो गर्तमा फालेको थियो ।
उसले साइकिल पनि थाम्न सकेन । पृथ्वी कोल्टे पर्यो । ऊ अडिन सकेन । ऊ बतासमा तैरियो । कच्याक्क । उसलाई नर्कको राक्षसले तालुमा जोडले घन बजारेजस्तो लाग्यो ।
‘उठ् बन्ते । पवनले उसलाई उठाउँदै भन्यो- ‘किन रोको ? म तँलाई ये त कुरिराथें ।
‘तँ किन क्यै नभनी हिंडेको?’
‘मलाई त्याँ बस्नै मन लाएन । हिँड्दैहिँड्दै आएँ ।’

उसले पवनको हात समायो । हिँड् घर जाम् । सप्पैले खोजिरका होलान् । तें जा बन्ते । पवनले उसको हात खुस्कायो । म बाँसबारी जान्नँ । तसित बिदा मागम् भनेर मात्र कुरेको । बिदा माग्न ? ऊ आत्तियो । ‘काँ जान लाइस् र ? यस्तो अँध्यारो छ । आज घर जाम् के | भोलि म पनि तँसितै जाम्ला । होइन, तँ घर जा, पवनले मलिन स्वरमा भन्यो- ‘म एक्लै जान्छु । मलाई कसैले बोला छ।
कस्ले?

अरूलाई नभन्नू भन्या छ ।’ पवन अघि बढ्यो । ‘मेरा स्मृतिहरू राखेको ठाउँमा पुयाउँछ रे । अनि, सप्पै फिर्ता दिन्छ रे | म लेर आइहाल्छु ।

‘यस्तो अँध्यारो छ । जताततै पानी नै पानी छ । वसन्तले हात जोड्यो । नजा के।

‘मलाई क्यै हुन्न । यी हेर्, म पानीमाथि पनि हिँड्न सक्छु भन्दै पवनले पानीमा टेक्यो । दुबो भरिएको चौरमा हिँडेझै ऊ मज्जाले पानीमा टेक्दै हिँडेको थियो, छप्लकछप्लक । ऊ नदीको बीचमा पुग्यो । फरक्क फों, केही भन्यो तर खोलाको सुसाइमा उसको आवाज रामरी बुझिएन ।
अनि, ऊ खोलैखोला दगुर्दै गयो ।

उपन्यासमा यति सुन्दर शब्दहरूकाे समायोजन छ त्याे अाश्चर्यचकित पारिदिने खालका छन । तर कमै पाठक तथा समिक्षकहरूले यश उपन्यासको नराम्रो तथा अन्तिम खण्डमा रहेकाे रहस्यलाई बुझ्न सकेका छैनन कि बुद्विसागरले हाम्रो अगाडि के कुरा राखेर कहानीलाई साेच्च बाध्य लुल्याएका छन भनेर । जब साैतेनी नदिबाट फर्केर बसपार्क पुग्छ वसन्त अर्थात् लेखक । त्यस समयमा बीस रूपैयाँ माग्ने व्यक्तलाई किन बीस रूपैयाँ दिएर अलिकति ठुलाे स्वरले भन्छन ” बीस रूपैयाँ हाेईन तीन सय बीस रूपैयाँ ऋण लाग्याे भनेर ” कारण पवन हराउनुपुर्व वसन्तले उसँगकाे अन्तिम दिनमा दुई सय रूपैयाँ खर्च गरिसकेका छन र त्यहि कुरा यहाँ लेखक स्मरण गराउदन । अर्काे कुरा जब जुठीअामैलाई बाेक्सी बुढि भनेर जुठीअामैकाे घुच्चुक समाएकाे थियाे र घिसार्दै बाहिर ल्याएको थियाे रनेले फेरि कहाँबाट थप्पड लगाउन आयाे नरे । जसरी थप्पड लगाउन नरे आयाे त्यसरी नै ऊ हरायाे ।ऊ काे थियाे त ?? या लेखकले गलत लेखेका हुन । उपन्यासले २०५२/५३ सालको घटनालाई मध्यनजर गरेकोे छ तर लेखकले त्यस परिवेशलाई समेटदा बाँके नेपालगन्ज तिरका कुनैपनि क्षेत्रिय,राष्ट्रिय तवरकाे घटनालाई समावेश गरि उपन्यासलाई अगाडि बढाउन सकेका छैनन । अर्थात् , त्यस्ता कुरालाई समावेश नै गरेका छैनन । तर उपन्यासलाई राेचक र वास्तविक बनाउन लेखकले धेरै बुँदा गाँसेका भएतापनि त्यस्ता कुरालाई देखाउन नसक्नु लेखनकलाकाे दुर्वल पक्ष हाे कि जस्ताे लाग्छ मलाई ।

अन्त्यमा उपन्यासमा प्रयाेग गरिएको भाषामाथी टिप्पणी गर्न उचित हुन्छ । उपन्यासमा प्रयाेग गरिएका शब्दहरू ‘चाक,राँड, तुरी, मुजी, भ्यान्चाेद, मादरचाेध, छाैंडा ‘ जस्ता शब्द र अनावश्यक आमचकारी गालीकाे प्रयाेगले उपन्यासको असभ्य शैलीकाे चित्रण गर्दछ । यस्ता शब्द गाउँघरकाे परिवेश, शहरिया व्यक्तिहरूमा, बलिउड, कलिउडमा पर्याप्त पाइन्छ । तर के नेपाली साहित्यमा अाधुनिकता यस्तै शब्द प्रयाेग गरेर ल्याइन्छ त ? याे अहिले वर्तमान परिवेशकाे जल्लाेवल्दाे वहसकाे विषय हाे ।

लेखनकला र भावत्वका अाधारमा म भन्छु कि एउटा साथीले अर्काे साथीलाई उपहार दिन याेग्य नेपाली साहित्यमा लेखिएका पुस्तकहरूमध्येकाे पहिलो पुस्तक याे नै हाे र प्रत्येक आमाबाबुले आफ्ना सन्तान, सामाजिक परिवेश, अन्धविश्वासलाई बुझ्न याे पुस्तक उहाँहरूले पढ्न अनिवार्य छ । यति मिठाे कहानी बुनेर नेपाली साहित्यमा यश उपन्यासलाई ल्याउनुभएकाेमा चपाईँ बुद्विसागरलाई धन्यवाद !
तस्बिर :सामाजिक संजाल