लोक दोहोरीका बाद्शाह शिव हमालको उत्कृष्ट गित ‘दिलमाया’ बजारमा (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली  लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसैविच लोकप्रिय गीतकार, संगीतकार तथा गायक शिव हमालको नयाँ प्रतिक्षित लोक गीत ‘दिलमाया’ सार्वजनिक गरिएको छ । नेपाली लोकगीतको क्षेत्रमा दर्जनौं लोकप्रिय गीत दिइसकेका शिवको दिलमाया गीतमा सन्दिप न्यौपाने र शान्तिश्री परियारको स्वर रहेको छ ।

केही वर्ष पहिला लालुमै बोलकाे गीत सार्वजनिक गरेर करोड क्लबको सफलता पाएको टिमले नयाँ गीत दिलमाया लिएर आएको छ । यो टिमको सहकार्यलाई दर्शकले निकै मन पराउने गरेका छन । यो पटक टिममा केही नयाँ अनुहार थपिएका छन भने धेरै जसो गीतको टिम उही रहेको छ ।

माया प्रेमलाई कलात्मक शब्द र सुमधुर सङ्गीतमा उतारेका लोकप्रिय सर्जक शिव हमालले गीतबाट आफूहरूले समेत राम्रो आशा गरेको बताउनु भयो । अहिलेकी चर्चित गायिका शान्ति श्री परियार र सन्दिप न्यौपानेको आवाज रहेको गीतमा प्रकाश भट्टले यो पटक पनि भिडियो निमार्णमा निकै मेहनत गरेको देख्न सकिन्छ । लाखौं खर्च भएको भिडियो एउटा राज खान्दानी परियारको प्रेम कथालाई देख्न सकिन्छ ।

शिव हमाललेको youtube च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सन्दिप न्यौपाने,अञ्जली अधिकारी र निक्स शर्माले अभिनय गरेका छन । नवराज उप्रेतीले खिचेको भिडियो बिष्णु शर्माले सम्पादन गरेका छन् ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :