कानून विपरित काठमाडौंको टुकुचा खोलामाथि सार्वजनिक शौचालय बनाईदै

काठमाडौं-   पुतलीसडकस्थित टुकुचा खोलामाथि जनप्रतिनिधिको आदेश बमोजिम अवैधरुपमा सार्वजनिक शौचालय बनाईदैछ । मापदण्ड विपरीत नक्सा पास विना नै बन्न लागेको सो सौचालयको अहिले सबैतिरबाट विरोध हुन थालेपछि भत्काइने बताइएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ मा निर्माण भैरहेको उक्त शौचालय निर्माणले काठमाडौं उपत्यकामा कुनै भौतिक संरचना निर्माण गर्दा नियमन गर्ने निकायले नै विधि र कानुनको मापदण्ड विपरित गरेको निर्माणले देशमा कुनै कानुन नै नभएको आभाष दिलाएको छ ।

यस्ता क्रियाकलापहरु बेलैमा सरकारले निरुत्साहित गर्नुपर्छ , यदि त्यसो गरिएन भने आउँदा दिनहरुमा खोला नाला, मठ मन्दिर जस्ता सार्वजनिक स्थलको अतिक्रमण भई राजधानीको अस्तित्वमा पनि आँच आउन सक्दछ ।

अहिले आएर शौचालय निर्माणले एकातिर खोलालाई दुर्गन्धित बनाउने त भयो नै, अर्कोतिर यदि भत्काइयो नै  भने पनि त्यो संरचना निर्माणमा लागेको लागत र समय त्यसै खेर जाने भयो । त्यसैले अब चाहिँ यस्तो कार्य गर्नुपूर्व नै सरकारी निकायले राम्ररी अध्ययन गर्न जरुरी देखिन्छ ।

engineers post बाट