राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो ३ बजे शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच करिब एक घण्टा समसामसयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।