काठमाडौं उपत्यकामा भोलि देखि जोर-बिजोर प्रणाली हटाउने सङ्केत

काठमाडौंः काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोर विजोर प्रणाली लागू गरे पनि यसले झन् जोखिम निम्त्याएको छ। सवारीसाधनमा भी’डभा’ड बढेपछि जोर विजोर प्रणालीको धेरैले विरोध गरिरहेका छन्।

सडकमा सवारी साधनको चाप घटेपनि सवारीभित्र यात्रुको चाप अ’त्यधिक छ। सरकारी तथा निजी कार्यालयहरु खुला हुँदा जोर विजोर प्रणालीले सवारीसाधनमा झन् भी’डभा’ड बढाएको यात्रुहरुले बताएका छन्।

काठमाडौं उपत्यकाभित्र सवारी साधनमा लागू भएको जोर विजोर प्रणालीबारे समीक्षा गर्न भोलि (शुक्रबार) उपत्यकाका तीन वटै सिडिओहरुको बैठक बस्दैछ। सवारी साधन चलाउन लगाइएको जोर-बिजोर प्रणालीको सर्वत्र आलोचना भएपछि भोलि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूले यसबारे थप निर्णय लिन छलफल गर्ने भएका छन्।

भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने भनेर माघ ८ गतेदेखि सवारी साधनमा जोर-बिजोर लागू गरिए पनि त्यसले झन् भी’डभा’ड बढाएको भन्दै गुनासा आउन थालेपछि सिडिओहरू छलफल गर्न लागेका हुन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जोर-बिजोर प्रणालीबारे सिसिएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव लिएर भोलिसम्ममा निर्णय लिइने जानकारी दिए। सरकारले संक्रमण र अस्पतालमा बिरामीको चापलाई कम गर्न जोर-बिजोर प्रणाली लागू गरे पनि यो प्रभावकारी भएको देखिँदैन। उपत्यकाका ठूला अस्पतालकै चिकित्सकहरू जोर-बिजोर प्रणालीले संक्रमण नरोक्ने बरू भी’डभा’ड बढाउने बताउँछन्।