आफैंलाई माया गरे/नगरेको कसरी थाहा पाउने ? जाँच्ने १४ उपाय

खासमा हामीले आफूलाई आफैंले प्रेम गर्नुपर्छ। जब हामी आफैंलाई प्रेम गर्न थाल्छौं, जीवनले सही र सन्तुलित बाटो समात्छ। हामीमा उत्साह जाग्छ, उमंग जाग्छ, खुसी जाग्छ। हामी आफैंलाई ख्याल गर्न थाल्छौं। आफ्नो खुसी आफैंभित्र खोज्न थाल्छौं।

जब आफैंलाई प्रेम गरिन्छ : जब तपाईं आफैंसँग खुसी हुनुहुन्छ र आफैलाई माया गर्नुहुन्छ तपाईंले आफूलाई अरूसँग तुलना गर्न छाड्नुहुन्छ र आत्मविश्वास बढाउन सक्नुहुन्छ। आफैंलाई प्रेम गर्ने कुरा तपाईंलाई धेरै महत्त्वपूर्ण नलाग्न सक्छ वा यो वाहियात हो भन्ने तपाईंको सोच हुनसक्छ तर, सेल्फ लभ एक राम्रो कुरा हो। यो तपाईंले आफ्नो लागि गर्न सक्ने सबैभन्दा राम्रो कुरा हो।

आफैं रमाउनुहोस् : केही दिनका लागि समय छुटाउनुहोस् र केही नयाँ कुरा गर्नुहोस्, जसले तपाईंलाई मज्जा आउँछ। यसो गर्नाले तपाईं आफैंसँग रमाउन सक्नुहुन्छ र तपाईंमा आत्मविश्वास बढ्छ। तपाईं एक्लै कुनै सिनेमा हेर्न जान सक्नुहुन्छ वा एक्लै कतै घुम्न निस्कन सक्नुहुन्छ।

भ्रमण गर्नुहोस् : यो तपाईंको सुविधाको क्षेत्रभन्दा बाहिरको कुरा होला तर, यो धेरै नै राम्रो कुरा हो। यदि तपाईं आफ्नो हिसाबले घुम्न सक्नुभयो भने तपाईंले सेल्फ लभ अनुभव गर्न सक्नुहुन्छ। तपाईंले आफ्नोबारेमा मात्रै होइन, अन्य संस्कृतिका बारेमा पनि नयाँ कुराहरू जान्न सक्नुहुन्छ। यसले पनि तपाईंलाई तपाईंको व्यस्त जीवनबाट केही दिनका लागि भए पनि छुटकारा दिन्छ। कहिलेकाहीँ हामीबाट कुनै भुल वा गल्ती हुन सक्छ तर तपाईंले त्यसलाई माफी दिने र बिर्सने गर्नुपर्छ।

आफैंलाई माफी दिनुहोस् : कहिलेकाहीँ हामीबाट कुनै भुल वा गल्ती हुन सक्छ तर तपाईंले त्यसलाई माफी दिने र बिर्सने गर्नुपर्छ। यदि तपाईंले केही गलत रोजाइ गर्नुभयो भने पछि तपाईंले आफ्नो रोजाइलाई माफी दिन सक्नुहुन्छ र तपाईंले पुराना कुराहरूलाई बिर्सन सक्नुहुन्छ। गल्तीका बाबजुद पनि आफैंलाई माया गरेमा तपाईंले आत्मसम्मान महसुस गर्न सक्नुहुन्छ।

आफैंलाई सरप्राइज दिनुहोस् : कहिलेकाहीँ तपाईंले नियन्त्रण गर्न सक्नेभन्दा बाहिरका कुराहरू पनि प्रयास गर्नुहोस्। तपाईंले सामान्य रूपमा हुन्छ नभन्ने कुराहरूलाई पनि कहिलेकाहीँ हुन्छ भन्नुहोस्। यसले तपाईंलाई आफैंलाई चिन्न पनि सहयोग गर्छ। कहिल्यै पनि नगरेको वा नसोचेको काम गर्दा तपाईं त्यसमा रमाउन सक्नुहुन्छ।

अरूलाई नाइँ भनेर आफैंलाई माया गर्न सिक्नुहोस् : कहिलेकाहीँ हामी अरूका लागि धेरै कुराहरू गर्छौं। हामीलाई अरूलाई दुःखी बनाउन मन लाग्दैन र आफैंलाई दुःख दिएर अरूलाई सक्ने जति सहयोग गर्छौं। हामी आफ्नोबारेमा भने सोच्न पनि भुल्छौं। त्यसैले कहिलेकाहीँ अरूलाई हुँदैन भन्न पनि सक्नुपर्छ, आफ्नो काममा केन्द्रित हुनुपर्छ।

उपलब्धिको सूची बनाउनुहोस् : तपाईंले अहिलेसम्म हासिल गरेका कुराहरूको सूची बनाउनु पनि आफैंलाई प्रेम गर्ने एक राम्रो तरिका हो। यसले तपाईंलाई आफू राम्रो लाग्न थाल्छ र तपाईंले जे हासिल गर्नुभएको त्यसले तपाईंलाई खुसी दिन्छ।

आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् : आफ्नो लक्ष्य निर्धारण गर्नाले तपाईंलाई आफ्नो भविष्य राम्रो बनाउनका लागि उत्साहित बन्नुहुन्छ। तपाईं आफ्नो सपनामा केन्द्रित भएर आफ्नो जीवनलाई र आफूलाई माया गर्न थाल्नुहुन्छ।

नयाँ कुरामा रुचि लिनुहोस् : तपाईंले पहिलेदेखि नै गर्न चाहेको तर नपाएको वा केही कुरा गर्न तपाईं डराउनुभएको थियो भने अब नयाँ काम गर्नु धेरै नै राम्रो कुरा हो। केही नयाँ कुरा अनुभव गरेमा तपाईं त्यसमा रमाउन पनि सक्नुहुन्छ।

आफैंलाई चुनौती दिनुहोस् : यदि तपाईंले आफैंलाई चुनौती दिनुभयो भने तपाईंले आफूलाई चिन्न सक्नुहुन्छ। यसबाट तपाईं के कुरामा राम्रो हुनुहुन्छ भन्ने कुरा थाहा हुन्छ।

कामको बीचमा विश्राम लिनुहोस् : कामको तनाव भएको बेलामा तपाईंले मात्रै केही मिनेटका लागि मात्रै भने पनि विश्राम लिन सक्नुहुन्छ। तपाईंको व्यस्त जीवनशैली र कामबाट एक छिन मात्रै विश्राम लिएमा पनि तपाईंलाई धेरै नै आनन्द महसुस हुन्छ।

कुनै उपलब्धिमा खुसीयाली मनाउनुहोस् : तपाईं आफ्नो उपलब्धिमा खुसीयाली मनाउन सक्नुहुन्छ। तपाईंले साथीहरूलाई आफूले के के गरें भनेर भन्न सक्नुहुन्छ र आफ्नो अनुभवहरू बाँड्न सक्नुहुन्छ।

आफ्नो विश्वास गर्नुहोस् : आफैंलाई प्रेम गर्ने एक तरिका तपाईं आफैंले विश्वास गर्ने हो। तपाईं आफ्ना मान्यताहरूमा दृढ हुनुपर्छ। तपाईंले आफूलाई के राम्रो हुन्छ जस्तो लाग्छ, त्यो काम गर्नुपर्छ।

आफ्नो ख्याल गर्नुहोस् : यो सामान्य कुराजस्तो लाग्छ तर आफ्नो ख्याल गर्नाले तपाईंले आफूलाई प्रेम गर्न सिक्नुहुन्छ। यदि तपाईंले आफ्नो ख्याल गर्नुभयो भने तपाईं आफैंमा पनि धेरै राम्रो बन्न सक्नुहुन्छ।

lokpati बाट