लाेकसेवा तयारी

१. विद्यालयको पढाइपछि विद्यार्थीलाई दिइने अत्यधिक गृहकार्यको चापलाई घटाउने उद्देश्यले हालै शिक्षासम्बन्धी कानुन पारित गर्ने देश कुन हो ?
 चीन
– शिक्षासम्बन्धी सो नयाँ विधेयक राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति र मुलुकको स्थायी विधान सभाबाट पारित (सन् २०२१ अक्टोबर २३ मा) गरिएको ।
– सरकारी निकायद्वारा अभिभावकलाई आफ्ना बालबालिकाका लागि आराम र व्यायाम गर्न यथेष्ट समय रहे, नरहेको सुनिश्चित गर्न र तिनीहरूलाई अनलाइन अध्ययनमा धेरै समय बिताउन नदिन निर्देशन पनि दिइएको ।
– सन् २०२१ अगस्टमा चीनले छ र सात वर्ष उमेरका बालबालिकाको लिखित परीक्षामाथि प्रतिबन्ध लगाएको । गत वर्ष चीन सरकारले बालबालिकाको इन्टरनेट र अन्य लोकप्रिय संस्कृतिप्रतिको लत नियन्त्रणका लागि थुप्रै उपाय अपनाएको ।
– यस कानुनले अभिभावकलाई आफ्ना सन्तानको नैतिकता, बौद्धिक विकास र सामाजिक बानीबेहोरासहित हुर्काउन प्रोत्साहित गर्ने विश्वाससमेत गरिएको ।
– स्थानीय सरकारलाई कानुन कार्यान्वयनको जिम्मेवारी दिइने बताइएको ।

२. सबैभन्दा छिटो सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन् ?
 साङ यी हङ (हङकङ), सन् २०२१ मे २३
– उनले २५ घण्टा ५० मिनेटमा सो आरोहण पूरा गरेकी ।
– यसअघि यो कीर्तिमान फुन्जो झ्याङ्जु लामा (३९ घण्टा ६ मिनेट)को नाममा रहेको । उनले सन् २०१९ मे १५ मा सो आरोहण गरेकी ।

३. चीनद्वारा पृथ्वी विज्ञान उपग्रहको प्रक्षेपण कहिले गरिएको हो ?
 सन् २०२१ नोभेम्बर ५

४. सन् २०२१ को बुकर पुरस्कार कसलाई प्रदान गरियो ?
 डामोन गाल्गोट (दक्षिण अफ्रिकी लेखक)

५. सन् २०२१ नोभेम्बरमा लन्डनमा आयोजित द रिमेम्वरेन्स सन्डे समारोह केसँग सम्बन्धित छ ?
 प्रथम विश्वयुद्ध
– (प्रथम विश्वयुद्ध समाप्त भएको १०३ वर्ष पुगेको अवसरमा सो समारोह आयोजना गरिएको ।)

६. प्रसिद्ध वैज्ञानिक थोमस अल्भा एडिसनको जन्म कहिले भएको हो ?
 सन् १८४७ फेब्रुअरी ११
– उनको जन्म अमेरिकाको ओहायो राज्यमा भएको ।
– ग्रामोफोन, विद्युत् बल्ब, चलचित्र क्यामरा, प्रोजेक्टरको आविष्कार गर्ने वैज्ञानिक थोमस अल्भा एडिसन हुन् ।
– टेलिफोनबाट सर्वप्रथम हेलो शब्द प्रयोग गर्ने वैज्ञानिक एडिसन हुन् ।
– हालसम्म सबैभन्दा धेरै आविष्कार गर्ने वैज्ञानिकका रूपमा एडिसनलाई चिनिन्छ ।
– थोमस अल्भा एडिसनको मृत्यु सन् १९३१ अक्टोबर १८ मा भएको हो ।

७. संयुक्त राष्ट्रसङ्घका आधिकारिक भाषा कति छन् ?
 ६
– यूएनओले अफिसियल रूपमा मान्यता प्रदान गरेका छ भाषा ः अङ्ग्रेजी, फ्रेन्च, चिनियाँ, रुसी, स्पेनिस र अरबी ।
– यूएनओले अफिसियल रूपमा मान्यता प्रदान गरेको पछिल्लो भाषा अरबी हो ।
– यूएनओको कार्यालय सञ्चालनमा प्रयोग हुने दुई भाषा अङ्ग्रेजी र फ्रेन्च हुन् ।

८. एक वडा, एक कालोपत्रे सडकको योजना ल्याउने स्थानीय तह कुन हो ?
 फुङलिङ न.पा., ताप्लेजुङ
– (ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका फुङलिङले आर्थिक वर्ष (२०७७/७८) देखि कार्यान्वयनमा ल्याउने गरी उक्त योजनाको तयारी थालेको ।)

९. बीपी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
 जापान
– बनेपा–बर्दिवाससम्मको यो सडक १६० कि.मि. लामो रहेको ।
– वि.सं. २०५२/५३ देखि निर्माण सुरु भई २०७१ मा सम्पन्न भएको यो सडक २०७२ असार १८ मा नेपाल सरकारलाई
हस्तान्तरण गरिएको ।

१०. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा कृषिसम्बन्धी विवादास्पद तीनवटा कानुन खारेज कहिले गरिएको हो ?
 सन् २०२१ नोभेम्बर १९

११. वायो फ्लोक प्रविधि केसँग सम्बन्धित छ ?
 माछापालन

१२. अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युवेटर कार्यक्रममा नेपालको कुन नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्न सफल भएको हो ?
 चाँगुनारायण न.पा. (भक्तपुर)

१३. नेपालको पहिलो महिला मुख्यमन्त्री को हुन् ?
 अष्टलक्ष्मी शाक्य (वि.सं. २०७८ भदौ २ देखि कात्तिक १०, बागमती प्रदेश)

१४. माइक्रो क्रेडिट र माइक्रोफाइनान्सका सफल प्रयोगकर्ता मानिने मोहम्मद युनुस कुन देशका नागरिक हुन् ?
 बङ्गलादेश
– बङ्गलादेशमा ग्रामीण बैङ्कको स्थापना गरी सो बैङ्कमार्फत विपन्न लाखौँ बङ्गलादेशीलाई ऋण प्रदान गरी स्वरोजगारको माध्यमबाट उनीहरूको जीवनस्तरमा सुधार ल्याउन सफल युनुस अर्थशास्त्री एवं बैङ्कर हुन् ।
– युनुस र यिनले स्थापना गरेको ग्रामीण बैङ्कलाई सन् २००६ मा नोबल पुरस्कार प्रदान गरिएको ।
– सन् १९८४ मा यिनी रोमन म्यागासेसे पुरस्कारबाट पनि सम्मानित भएका ।
– ढाकास्थित ग्रामीण बैङ्कको प्रधान कार्यालयमा युनुस सेन्टर स्थापना गरिएको ।

१५. विश्वमा धेरै दूध उत्पादन गर्ने देश कुन हो ?
 भारत