राष्ट्रिय सभा सदस्यमा लुम्बिनीमा गठबन्धनका तीनै जना विजयी

लुम्बिनी प्रदेशमा भएको तीन जना राष्ट्रिय सभा सदस्यको चुनाव सत्तारूढ गठबन्धन विजयी भएको छ।अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन भने नेकपा एमालेका उम्मेदवारका पक्षमा ३३१२ मतभार पुगेको छ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनेमा नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा रहेका छन्।

तीन जना राष्ट्रिय सभा सदस्य छान्न ८१ प्रदेश सभा सदस्यले मत हालेका थिए भने स्थानीय तहका २१३ मतदाताले भोट खसालेका थिए। राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो।