म आँटिलो र हिम्मतवाली छु – शिल्पा पोखरेल

तपाइँसँग सबैभन्दा बहुमुल्य वस्तु के छ ?
– मोबाइल फोन ।

यदि घर छाडेर जानुपर्दा एउटा वस्तु मात्र लिएर जानू परे के लैजानुहुन्छ ?
– मोबाइल फोन नै हो ।

तपाइँलाई आफ्नो सबैभन्दा बढी गर्व लाग्ने वस्तु के हो ?
– त्यस्तो केही छैन । किनकि मलाई मेरा सबै वस्तुप्रति गर्व लाग्छ ।

घरको कुन कोठामा सबैभन्दा बढी मनपर्ने वस्तु छन् ?।
– मेरो बेडरुममै हो । त्यहाँ टेडी डल, महँगा र महत्त्वपूर्ण वस्तुहरु छन् ।

कुन वस्तु किन्दा सबैभन्दा बढी सन्तुष्टि मिल्छ ?
– मलाई लुगा किन्दा सन्तुष्टि मिल्छ । बाटोमा कतै हिँड्दा डमीमा राखिरहेकी कपडा मन पर्‍यो भने किनिहाल्छु ।

कुन वस्तुबिना तपाईं एकछिन बाँच्न सक्नुहुन्न ?
– त्यो त मोबाइल फोन नै हो ।

तपाइँले कहिल्यै आफूले महत्त्वपूर्ण ठानेको वस्तु चोर्नुभएको छ ?
– अहिलेसम्म चोर्ने काम गरेको छैन ।

आफ्ना वस्तुसँग तपाइँको आत्मीयता कत्तिको छ ?
– मेरो आत्मीय वस्तु भनेको मोबाइल फोन हो । यसलाई म सफा राख्छु । मलाई लाग्छ संसारका जो कोहीले पनि मोबाइल फोनलाई सफा नै राख्छन् ।

तपाइँले बाल्यकाल कुन वस्तुलाई धेरै महत्त्वपूर्ण ठान्नुभयो ?
– मेरो गुडिया थियो । म जहाँ जाँदा पनि गुडियालाई लिएरै जान्थें । मेरो ममीले भन्नुभएको कसैले मेरो गुडियालाई छोएको मन पराउँदिन थिएँ रे ।

तपाइँ कस्तो स्वभावको महिला हो ?
-म आँटिलो र हिम्मतवाली छु ।

जीवनमा कहिले कोही मन परेको छ ?
– मसँफ राम्रो बोल्ने मान्छे मन पर्छ । तर मेरो पछाडि कसैले कुरा काटेको थाहा पाएँ भने मलाई रिस उठ्छ ।

राति घरबाट बाहिर जानुपर्दा कहाँ जानुहुन्छ ?
– म रातको समयमा घर बाहिर कहीँ पनि निस्कन्नँ ।

तपाइँले कसैलाई नभनेको आफ्ना तीन बानी के के हुन् ?
– कोहीप्रति रिस उठ्यो भने छिट्टै रिसाउँछु । तर रमाइलो कुरा के छ भने त्यो मान्छेसँग पछि कतै भेट भयो भने पहिला म नै बोलाउँछु । म कोहीसँग पनि घुलमिल हुन सक्दिनँ । घुलमिल भएँ भनेँ आत्मीय छु । मलाई हेर्दा सबैले घमण्डी सम्झन्छन् तर म त्यस्तो छैन ।

तपाइँको मन पर्ने फेसनशैली कुन हो ?
– मलाई क्याजुअल मन पर्छ । कटनमा वान पिस र पेन्ट तथा टिसर्ट मन पर्छ ।

मनमा शङ्का उब्जिएको के गर्नुहुन्छ ?
– म फिल्म हेर्छु । फिल्म हेरेपछी शङ्का उपशङ्का हट्छ ।

तपाइँलाई कस्तो खालको केटा मन पर्छ ?
– मेरो कुरा बुझ्ने खालको केटा मन पर्छ ।

(युवामञ्जबाट)