संसारकै लोकप्रिय बघिनी ‘कलरवाली’ को मृत्यु, जसले २९ वटा डमरुलाई जन्म दिएकी थिईन

संसारको सबैभन्दा बढी पटक तस्बिर खिचिएको बाघको रूपमा चर्चित ‘कलरवाली’ को मृत्यु भएको छ । संसारमा लोकप्रिय बघिनी ‘कलरवाली’को मृत्युले सबैलाई दुखि बनाएको छ ।

भारतको मध्य प्रदेशस्थित पेन्च टाइगर रिजर्भको यो बघिनी १७ वर्षको उमेरमा प्राकृतिक कारणले मृत्यु भएको जनाईएको छ । यो बघिनीले आफ्नो जीवनकालमा २९ वटा डमरुको जन्म दिएकी थिई । बाघको संख्या वृद्धिमा ठूलो योगदान पुर्‍याएकी यो बघिनीलाई ‘सुपर-मम’ को ट्याग दिइएको थियो ।

सन् २००८ देखि २०१८ सम्म यो बघिनीले ८ पटकमा २९ वटा डमरुको जन्म दिएकी रिजर्भका अधिकारीहरुले जनाएका छन् । बघिनी अन्तिम पटक जनवरी १४ मा देखिएकी थिई । टाइगर रिजर्भले बघिनीको मृत्यु शनिबार साँझ ६:१५ मा भएको जनाएको छ ।

भारत मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले कलरवालीको निधनमा श्रद्धाञ्जली दिएका छन् । उनले बाघको निधनप्रति श्रद्धाञ्जली अपर्ण गर्दै कलरवाली बघिनीले बाघको संख्या बढाउनका लागि महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।