सजन तामाङ र अनुमा राईको रोमान्टिक फिचरिङमा‘को हौ तिमी ‘ सार्वजनिक

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘को हौ तिमी ‘ सार्वजनिक भएको छ । ‘को हौ तिमी ‘ शिर्षकमा रहेको गीतमा गायक विकाश लिम्बु र ममता गुरुङले स्वर दिएका छन।

सजन तामाङ र अनुमा राईको रोमान्टिक फिचरिङमा रहेको गीतको भिडियोमा उषा मलाहा को निर्देशन रहेको छ भने गीतमा विकाश चौधरीले संगीत भरेका छन्।

गीतको म्यूजिक भिडयोको छायांकन विक्रम डिसी र अजय चौधरी र सम्पादन विर बहादुर थारुले गरेका छन् । गीतमा प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ।

भिडियो लिङ्क् |