परिवर्तनका संवाहक सार्वजनिक -४७ व्यक्तित्व र संघसंस्थाहरु चुनिए

समाजमा योगदान पुर्याएका या नेपालीत्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएकालाई यो चिनारी प्रदान गरिएको हो

अमेरिकाको न्यूजर्सीबाट संचालित अङ्किय पत्रिका र यसका संस्थापक प्रदिप थापा मगरद्वारा संचालित नेपालीजम डट कमले वर्ष २०२१ को लागि परिवर्तनका संवाहकहरु सार्वजनिक गरेको छ ।

अमेरिकाको अतिरिक्त क्यानाडाबाट समेत मनोनयन आएकोले यस पालादेखि उत्तरअमेरिका समावेश गरिएको हो ।

सन् २०२१ को परिवर्तनका संवाहक (चेन्ज मेकर्स )को सूचीमा कूल ४७ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको छ ।

जसमध्ये ४० जना व्यक्तित्वहरू रहेका छन् भने अमेरिकी नेपाली ३० जना, क्यानाडाली नेपाली ६, महिलाहरु ११ जना (२७.५ प्रतिशत), अमेरिकि नागरिक १ जना, नेपाल फर्किएका १ जना, अमेरिकाबाट टाइवानमा रहेका १ जना, मरणोपरान्त १ जना, संघसंस्थाहरू ७ रहेका छन् ।

गत बर्ष २०२० को चेन्जमेकर्स सूचीमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको थियो । जसमध्ये ६८ जना व्यक्तित्वहरू रहेका थिए भने अमेरिकी १६ जना, महिलाहरु १५ जना (२२ प्रतिशत), पुरुषहरू ५३ जना, अमेरिकी नेपाली ३८ जना, नेपाल फर्किएका ९ जना र नेपाली नागरिक १४ जना, मरणोपरान्त ४ जना, संघसंस्थाहरू १२ र अमुक पौरखी पात्रहरु ५ समूह रहेका थिए ।

परिवर्तनका संवाहक) बारे https://www.nepalism.com/changemakers मा सविस्तार पढ्न सक्नुहुनेछ । समाजमा योगदान पुर्याएका या नेपालीत्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएकालाई यो चिनारी प्रदान गरिएको हो ।