‘मिस युनिभर्स’मा भाग लिन सुजिता उडिन् इजरायल

काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल उडेकी छन् । ७०औं ‘मिस युनिभर्स’ भाग लिन उनी शनिबार राती इजरायल उडेकी हुन् । त्रिभुवन बिमान स्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतका टिमले शुभकामना सहित उनलाई बिदाई गरेका थिए ।

इरजायल उड्न् अगाडि बस्नेतले यो पटक ‘मिस युनिभर्स’ को ताज नेपाल भित्रिने आस गर्न सकिने बताइन् । उनले मिस युनिभर्समा नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुति दिने उदेश्य सहित आफु सहभागी हुन लागेको बताइन् ।
गतमहिना राजधानीको होटल याक एन्ड यतिमा आयोजित ‘मिस युनिभर्स नेपाल’ को ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै बस्नेतले ताज पहिरिएकी थिइन् । प्रतियोगीताका लागि उनले नेपालको पहिचान झल्कने एक कस्ट्युम सहित बिभिन्न तयारी गरेकी छन् ।

‘मिस युनिभर्स’ १२ डिसेम्बरमा आयोजना हुँदैछ । प्रतियोगीतामा ७० बढी देशमा सुन्दरीहरुको सहभागीता रहनेछ ।