दोहोरी च्याम्पियनकी अस्मिता डल्लाकोटी र लन्ठु गायक चिज गुरुङले गाएको दोहोरीले तहल्का मच्चायो (भिडियोसहित)

पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै गएको छ | त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन् । प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ । पछिल्लो समयमा सामाजिक संजालको मार्फत बाट गित संगित गायक गायिका भाईरल वनेका छन् । भने कति पय नया सिर्जना विकास हुदै नव कलाकारको उत्पादन पनि बढ्दै गईरहेको छ । कुष्ण कडेलको इन्द्रेणी कार्यक्रम र कमल कुमार विकको सारङ्गि संसार, त्यस्तै खेलौ जुहारी, जुनकिरी, गलवन्धि, सिद्धकाली काली रोधी घर लगायत अन्य लाईभ दोहोरी कार्यक्रमहरु युटुवमा अत्यन्तै रुचाईएको लाईभ दोहोरी कार्यक्रम हो ।

पछिल्लो समय सांगितिक बजारमा लाईभ दोहोरीको क्रेज निकै राम्रो छ, सबै दर्शक स्रोताहरुको नजरमा निकै लोकप्रिय वनेको छ, यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रतिकृया पाईएको छ, भने युटुवमा प्राय लाईभ दोहोरीका भिडियो नै ट्रेडिङ्गको अग्र स्थानमा रहने गर्छन् ।

यसैविच पछिल्लो समय युटुवबाट थुप्रै रमाईलो लाईभ दोहोरीहरु सार्वजनिक भईरहेका छन् यसै विच पछिल्लो समयका निकै लोकप्रिय गायक गायिका चिज गुरुङ र अस्मिता डल्लाकोटी विच घम्साघम्सि दोहोरी सार्वजनिक भएको छ । निकै रमाईलो शैलिमा दर्शाइएको सो दोहोरी अत्यन्तै रोचक र रमाईलो छ ।

Sarangi Sansar को आफ्नै अफिसियल युटुवबाट सार्वजनिक भएको दोहोरी अस्मिता र चिज बुढा बुढीको रुपमा प्रस्तुत भई घरायसी कुराकानी गित मार्फत कडा शब्दको प्रहार गरि निकै रमाईलो शैलीमा प्रस्तुत गरिएको छ । अत्यन्तै लोकप्रिय ‘भुईमा धुलो छ, मेरो बुढाको रिसै ठुलो छ’ भाकामा गाईएको दोहोरी छोटो समयमा नै दर्शक स्रोताको नजरमा लोकप्रिय वनिसकेको छ ।

यो न्युज तयार पार्दा सम्म गित युटुव ट्रेडिङ्गको ६ ऒँ स्थानमा छ ।

हेर्नुहोस पुरै लाईभ दोहोरी :