भाइरल भयो समिक्षा अधिकारी र नरेश खातीले गाएको नया दोहोरी गीत

लोकप्रिय गीत माया मारेर पछि एकाएक चर्चामा आएका जोडी हुन् समिक्षा अधिकारी र नरेश खाती।यी दुईले जुन बेला माया मारेर गीत बजारमा ल्याए त्यसपछि दुबैको चर्चा उस्तै भयो आज यी दुबैको सहकार्यमा निर्माण भएका धेरैजसो गीत दोहोरीको इतिहास रेकर्ड तोड्न सफल भएका छन।यसैको फल स्वरूप नया गीत बजारमा आएको छ।समिक्षा अधिकारी र नरेश खाती क्षेत्रीको आवाजमा रहेको नया लोकदोहोरी गीत ‘हाम फालम कि’बजारमा आएको छ।

गीतमा समिक्षा अधिकारी र नरेश खातिकै अभिनय देख्न सकिन्छ।मौलिक सृजना गर्ने नरेशका धेरैजसो वियोगान्त गीतहरु सुपरहिट छन।जस कारण पनि हुन सक्छ यी जोडीको यो नया गीत पनि अर्को रेकर्ड कायम गर्ने गीत भित्र पर्न सफल पक्का पक्कि देखिन्छ।

गीतमा नरेश खाती क्षेत्रीकै लय र शब्द रहेको छ।एक प्रेमी प्रेमिका बिचको वास्तविक प्रेम कहानी भित्र जोडिएको यो गीत दुइ बिचको भित्री प्रेम कथामा बढी जोड दीइएको पाइन्छ।नरेश खाती क्षेत्रीकै निर्देशन रहेको गीतको म्युजिक भिडियो सम्पादन भने मनोज कार्कीले गरेका हुन्।

करण चैसिरको छायांकन रहेको भिडियो अहिले नरेश मेक्सम अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ।गीतले एक भित्री कथा बोकेको कारण पनि हुन सक्छ छोटो समयमै धेरै हेरिएको छ।धेरैले यो गीतलाई माया मारेर भाग दुईको रुप भनेर पनि कमेन्ट गरेका छन।गीतको टिमलाई हार्दिक शुभकामना सहित हेरौ भिडियो :