अञ्जु पन्तको मनछुने नयाँ गीत सार्वजनिक ( हेर्नुहोस् भिडियो )

काठमाडौं / अभिनेता, निर्देशक तथा गीतकार विनोद केसीको नयाँ आधुनिक गीत मखमली हालै सार्वजनिक भएको छ। विनोद केसीको रचना रहेको गीतमा लक्की सिटौलाको संगीत तथा लक्कीका साथमा अञ्जु पन्तको स्वर रहेको छ।

भावनात्मक तथा सुमधुर शैलीको उक्त गीतले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने तथा दर्शकको साथ र माया पाए आगामी दिनमा आफूले यस्तै खालका सांगितिक कोसेली दर्शकमाझ ल्याइरहने विनोदले बताए।

काठमाडौको विभिन्न रमणिय स्थानहरुमा छायाकंन गरिएको उक्त गीतको भिडियोमा मोडलहरु सुदर्शन भट्टराई तथा सगुन शाहीले अभिनय गरेका छन भने गीतको म्युजिक भिडियो विनोदले नै निर्देशन गरेका छन्।भिडियोमा करण चौसिरको छायाकन तथा राज कुमारको सम्पादन रहेको छ।