भाइरल भयो हातैको पौजाले पछि कुशल बेलबसेको आवाजमा आएको नया गीत (भिडियो)

काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय गायक कुशल बेलाबासेको आवाज बिक्न थालेको छ।’हातैको पूजाले’,’सनिसारा’ जस्ता चर्चित सफल गीत पछि फेरी नया गीत बजारमा आएको छ। लामो समयदेखि गीतसंगीतको प्रवर्द्धन र विकासमा लागि अग्रणी भूमिका खेल्दै आएको बिन्दाबासिनी म्युजिक प्राली मार्फत लोकप्रिय गायक कुसल बेलबासेको आवाज रहेको नयाँ गीत आँसुको पसल भर्खर मात्र सार्वजनिक भएको छ।सुबास रेग्मीको प्रस्तुतिमा बजारमा आएको उक्त गीत अहिले निकै चर्चामा रहेको छ।

आफ्नो सुमधुर आवाज मार्फत कुसल गायकको छवि बनाउन सफल गायक कुशलको शब्द तथा आवाज रहेको संगीतलाई अनुभवी कलाकारहरूको टिमले निकै उत्कृष्ट ढङ्गबाट प्रस्तुत गरेको छन् ।

गीतले माया प्रेममा विछोड भएका जोडीहरूको कथालाई विषयवस्तु बनाएको छ । गीतको शब्द सिर्जना गायक कुशल आफैंले गरेका हुन् भने लय सिर्जना ऋषि खड्काले गरेका छन्, त्यस्तै गीतको थेगो भने हरि क्षेत्रीले बनाएका हुन् ।

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतमा शिशिर पौडेल र सारिका केसीको दमदार अभिनय रहेको छ ।