भ्रष्टाचारजन्य क्रियाकलापले एनआरएनको महाविधेशन रोकियो : नारायण कँडेल

काठमाडौं,

एनसीसी युकेका उपाध्यक्ष नारायण कँडेलले गैर आवासीय नेपाली संघ (एनआरएन)को दशौं महाधिवेशनरोकिनुमा भ्रष्टाचारजन्य अनैतिकजन्य क्रियाकलापले बढवा पाएको टिप्पणी गरेका छन् ।

कँडेलले काठमाडौंमा सञ्चारमाध्यम (Prime HD) सँग कुराकानी गर्दै एनआरएनको दशौं महाधिवेशन सार्नुमाएनआरएनभित्र एकखालको भष्टाचारजन्य क्रिायकलापले स्थान पाएको बताएका हुन् ।

उपाध्यक्ष कँडेलले एनआरएन भित्र आइएलओको विषयमा भ्रष्टाचार भएको छानबिन समितिको प्रतिवेदनलेऔंल्याएको बताए । आइएलोमा भएको अनियमिततामा आइसीसीका महत्वपूर्ण, माथिल्लो तहका पदाधिकारीसहभागी जो चुनाव लड्दै छन् उनीहरु नै सहभागी भएको प्रतिवेदनमा उल्लेख भएको बताए ।

‘त्यस विषयमा एनआरएनले गठन गरेको छानबीन समितिले समेत भ्रष्टाचार भएको छ । मिडलइष्टमा गठनगरेको समितिले आफन्तहरुलाई पैसा खुवाइएको प्रतिवेदनले निकालेको छ,’ उनले भने, ‘त्यसलाई परराष्ट्रमन्त्रालयको लेटर देखाएर पन्छाइएको छ ।’

कँडेलले राष्ट्रिय समन्वय परिषदले पठाएका डेलिगेट्सहरुलाई मान्यता नदिनुमा पनि राजनीति घुसेको बताए ।‘युके, युएसए अष्टेलियाका डेलिगेट्सलाई मान्यता नदिएर अधिवेशन स्थगित गरिएको छ । गत अक्टुबरदेखिएनसीसीको माथिल्लो लेवलमा बसेका पदाधिकारीको छानबिन समितिले कमजोरी औंल्याएको छ’, उनले भने, ‘भ्रष्टाचार रोक्न नसकेको आरोप उहाँहरुमा लागेको छ । परराष्टको लेटर देखाएर महाधिवेशन रोकिएको छ ।हामी सुधार गर्ने अभियानमा छौं ।’

एनआरएनका केही पदाधिकारीहरुले राजनीतिक फाइदाका लागि, पदमा बस्नका लागि, निर्वाचित हुनका लागिजे पनि गरेको उनले टिप्पणी गरे । यस्ता खालका क्रियाकलापको आफूहरुले विरोध गर्ने र बर्खिलाप गर्नुपर्नेमाजोड दिए ।

महाधिवेशनको एउटा विवाद अहिलेको राष्ट्रिय समन्वय परिषद्बाट डेलिगेट्स चुन्ने कि एनसीसीले पठाएकाडेलिगेट्सहरुलाई मान्यता दिने? भन्ने रहेको बताए । ‘आइसीसीभित्र रहेका एनसीसीले पठाएका डेलिगेट्सलाईमान्यता नदिने परिवर्तन गर्ने, नभएका सदस्य संख्या थपेर, ३ सय भन्दा बढी नक्कली सदस्य बनाएर डेलिगेड्सबनाइएको छ,’ उनले भने, ‘जहाँ उहाँहरु (संस्थापन)को वर्चश्व छैन, त्यहाँ विवाद निकाल्नुहुन्छ । अमेरिका, युके, अष्ट्रेलियामा ५० हजार सदस्य छन् त्यहाँ उहाँहरुले विवाद झिक्नुभएको छ ।’

गैर आवासीय नेपाली संघको उद्देश्य पवित्र थियो तर, आइसीसीले एनसीसीलाई इग्नोर गरेर एनआरएनलाईकब्जा गर्ने उद्देश्य बनाइएकोप्रति दुःख व्यक्त गरे । त्यसकारण राजनीति देखिएको कँडेलले बताए ।

‘एउटा पक्षका केही साथीहरु नेपालको राजनीतिबाट बाहिर निस्कन सक्नुभएको छैन । नेतृत्व हत्याउने नाममाएनआरएनमा काम गरेकाहरुलाई पाखा लगाउन खोजिएको छ,’ उनले भने, परराष्ट्र मन्त्रालयले डेलिगेट्स विवादसमाधान गरेर मात्रै महाधिवेशनमा जान भनेको छ । अहिले बहाल रहेका एनसीसीले पठाएको अस्विकार भएकोछ । रसिया, साउदी अरेबिया, नक्कली सदस्य बनाएर पठाइएको छ ।’

संसारभरका एनसीसीको विश्व भेला भेलाले विधिभन्दा बाहिर गएर एनआरएनलाई कब्जा गर्न पाइँदैन भन्नेसन्देश रहेको कँडेलले बताए । एनसीसीले पठाएका प्रतिनिधिलाई मान्यता दिएर छिटोभन्दा छिटो अधिवेशनगरौं भन्ने मान्यता रहेको उनले बताए । एनआरएनमा भएका विकृति नसुधारेसम्म विश्राम नलिने कँडेलले बताए।

परराष्ट्र मन्त्रालय सम्बन्धित निकाय भएकाले भनेको मान्नुपर्नेमा जोड दिए । ‘महाधिवेशनमा आफ्ना प्रतिनिधिपठाउन नपाउने र पठाएका पनि सहभागी हुन नपाउने स्थिति आएकाले परराष्ट्र जान वाध्य भएका हौं । राष्ट्रियसमन्वय परिषद्ले पठाएका प्रतिनिधिले भाग लिन पाउनेगरी महाधिवेशन हुनुपर्छ । राष्ट्रिय समन्वय परिषद्लेसुधार्न वाध्य पार्छ’ उनले भने ।