स्कटल्याण्डको एडण्वरा स्थित रोएल बोट्निकल गार्डेनमा प्रधानमन्त्री देउवा द्वारा ऐतिहासिक वृक्षारोपण कार्यक्रम भव्य रुपमा सम्पन्न।।।

स्कटलैण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउनु भएका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यु,नोवेम्बर ३ तारिख, बुधबार बिहान एडण्वरा स्थित रोयल बोटानिक गार्डेन एडण्वरा (RBGE) द्वारा आयोजित आधिकारिक वृक्षारोपण कार्यक्रममा सहभागी भई एक ऐतिहासिक कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त रोयल बोटानिक गार्डेन एडण्वरा (RBGE) द्वारा आयोजित बिशेष समारोह कार्यक्रममा नेपालका नेपाल वन तथा वातावरण मन्त्री माननीय रामसहाय प्रसाद यादव, एडिनबर्गका लर्ड प्रोभोस्ट माननीय फ्रान्क रस र स्कटल्याण्ड सरकारका संस्कृति, युरोप र अन्तर्राष्ट्रिय विकास मन्त्री माननीय जेनी गिलरुथ, पुर्व राजदूत दुर्गा बहादुर सुबेदी सहभागी भई उक्त कार्यक्रम एक भव्य ऐतिहासिक रुपमा सम्पन्न भएको थियो। सम्पूर्ण पाहुनाहरूलाई स्कटिश बाजा द्वारा स्वागत सत्कार गरिएको थियो। कार्यक्रममा एनआरएनए स्कटलैण्डका अध्यक्ष भन्डारी तथा स्कटल्यान्डका नेपाली संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको समेत उपस्थिति रहेका थिए।

आरबीजीई (RBGE) का रेजीयस किपर (निर्देशक) साइमन मिल्नले प्रधानमन्त्री, मन्त्री र नेपालका उच्चस्तरीय प्रतिनिधिहरूलाई स्वागत गरेका थिए भने डा. मार्क वाट्सनले आरबीजीई (RBGE) र नेपाल सरकारका संयुक्त वनस्पति सम्बन्धि अनुसन्धान गतिविधिहरूको बारेमा प्रकाश पारेका थिए।

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यु द्वारा नेपाली बगैंचामा भोजपत्रको बेर्ना रोपिएको थियो । उक्त कार्यक्रम बिच स्कटलैण्ड का सम्पूर्ण संघ संस्थाका प्रतिनिधि र बिशेष अतिथि हरू द्वारा तालि बजाई बृक्षारोपण कार्यक्रम गरेका थिए भने एडण्वरा का नेपाली मल्लिका पंन्चे बाजा टोली द्वारा पंन्चे बाजा बजाई बृक्षारोपण कार्यक्रमलाई स्वागत तथा सम्मान गरेका थिए। यसरी नेपालको मौलिक बाजा पंन्चे बाजा बजाई स्वागत तथा सम्मानले नेपाली तथा कार्यक्रममा समावेश सम्पूर्ण महानुभावहरूले खुशी व्यक्त गरेका थिए।

रोयल बोट्निकल गार्डेन एडण्वरा (आरबीजीई) को नेपालसँग लामो सम्बन्ध छ, जुन २०० वर्षभन्दा लामो समयसम्म फैलिएको छ। यसरी बोट्निकल गार्डेन एडण्वरामा नेपाल का राष्ट्र प्रमुख को यो भ्रमण ६१ बर्ष पछिको दोस्रो पटक भएको थियो। प्रधानमन्त्रीको यस भ्रमणले दुइ देश बीच भई रहेको वनस्पति अध्ययनका साथै आपसी सम्बन्ध अझै सुध्रिड हुने आरबीजीई (RBGE) मा कार्यरत बनस्पति विद् डा. भास्कर अधिकारीले बताए ।

https://www.facebook.com/scotnepal/videos/403687614748816/

एडण्वरा, स्कटलैण्ड ।

धन्यवाद।।।