मेलबर्नमा ॐ ध्वनी उच्चारणका साथ म्ह: पूजा, मन्दिर र नेपाली स्कूलका लागि देउसी भैलो

भब्य रुपमा मनाउने तयारीका बिपरित अस्ट्रेलियाको भिक्टोरिया सरकारले कोभिड अवस्थाका कारण कायम गरेको नियमभित्र रहेर मनाउनुपर्ने बाध्यताका कारण बिगत छ: बर्षदेखि बिभिन्न किसिमले मनाउँदै आएको म्ह: पूजालाई थोरैको उपस्थितिमा तर ॐ ध्वनी उच्चारणका साथ शुरु गरेर फरक र बिशेष रुपमा मेलबर्नमा निरन्तरता दिइएको छ ।

कार्यक्रममा सहभागी सबैलाई ७९ बर्षिया दिल माया श्रेष्ठ (कान्छी)ले म्ह: पूजामा गरिने परंपरागत बिधि अनुसारको पूजा गर्दै सगुन दिनु भएको थियो ।

दिदी-बहिनी समाज भिक्टोरियाकी अध्यक्ष डा जमुना पराजुलीले सानो छँदा नेवार समुदायसंगको निकटताका कारण रमाइलोका लागि मनाइने यो परंपरागत पर्बको महत्व पनि बुझेको र संभवत ध्यानप्रतिको विस्वास, संलग्नता र आकर्षणका कारण ॐकार उच्चारणको क्रममा संभवत सामूहिक ध्यानको प्रभावका कारण कम्पन र छुट्टै किसिमको आनन्दानुभूतिको महसूस भएको बताइन ।

म्ह: पूजाको सार र गहन पक्ष आत्मा पूजाको अहिलेको विस्वमा बढ्दो आकर्षण ध्यानसंग तादात्म्यता रहेको भन्दै दिदी-बहिनी समाज भिक्टोरियाकी उपाध्यक्ष प्रभा देबी श्रेष्ठले मेल्टन सिटी काउन्सिलको सहयोगमा मेल्टन नेपलिज कम्युनिटिसंगको सहकार्यमा दिदी-बहिनी समाज भिक्टोरिया आइन्ट्री युनिटद्धारा आयोजित म्ह: पूजालाई दिदी-बहिनी समाज भिक्टोरियाले आगामी दिन ‘सिग्नेचर प्रोग्राम’ को रुपमा पनि मनाउन सकिने संभावनातर्फ इंगित गरिन ।

देउसी भैलो कार्यक्रममा पशुपतिनाथ र स्वयम्भुनाथको मन्दिरसमेत अटाउने गरी मेलबर्नमा बनाउन लागिएको नेपाली सामुदायिक भवन निर्माणका लागि गठित अस्ट्रेलियन नेपलिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष राजेश आचार्यले संस्थाको उद्धेस्य प्राप्तीमा भएका प्रगति र गतिबिधिका बारेमा जानकारी गराए ।

देउसी भैलोबाट उठेको ५०% रकम अस्ट्रेलियन नेपलिज मल्टिकल्चरल सेन्टरलाई उपलब्ध गराउने उद्धेस्य अनुरुप देउसी भैलोबाट उठेको ५०% रकम ७०५ र सिनियर सिटिजनको भ्रमणबाट उठेको ३१७ गरी जम्मा १०२३ डलर दिदी-बहिनी समाज भिक्टोरियाको मेलबर्न वेस्टकी संयोजक रोशनी श्रेष्ठले अस्ट्रेलियन नेपलिज मल्टिकल्चरल सेन्टरका अध्यक्षले राजेश आचार्यलाई हस्तान्तरण गरिन भने एकजनाले १०१ डलर उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका छन । देउसी भैलोबाट उठेको ५०% रकम मेलबर्न वेष्टमा खोलिने नेपाली स्कूलको लागि प्रयोग गरिनेछ ।