पोखराका मिठाई पसलहरुमा अनुगमन गर्दा यस्तो भेटियो ,अब यस्तो मिठाई खाने कि नाई ?

नेपालीहरुको महान चाड हुबह दिपावली नजिकिदै गर्दा कास्की प्रशासनले अनुगमन कार्यलाई तिव्रता दिएको छ ।

पोखरामा बिगतका वर्षहरुमा झैँ यस वर्ष पनि कास्की प्रशासनले बिभिन्न अनुगमन समिति बनाएर पोखराका मुख्य पसलहरुमा अनुगमन गर्न सुरु गरेको छ । चाडपर्व समयमा बिभिन्न बहानामा गलत काम गर्ने प्रविधिको विकास भएकोले त्यस खालको प्रविधिलाई न्यूनीकरण गर्न कास्की प्रशासनले अनुगमनको कार्य सुरु गरेको हो ।

तिहारको समयमा मानिसहरुले बिभिन्न मिठाइका सामाग्री हरु बहु संख्यामा आयात निर्यात हुने भएकोले कास्की प्रशासनले आज एउटा अनुगमन समिति बनाएर मारवाडी ,देउराली ,आगन मिठाई लगाएतका पोखराका लोकप्रिय पसलहरुमा अनुगमन सम्पन्न गरेको छ ।

अनुगमन कै क्रममा अघिल्लो वर्षको भन्दा यस वर्ष अधिकांस पसलहरु सफा रहेको ,खाजा खाना नास्ता पकाउने ठाउ पनि व्यवस्थित गरिएको र पूर्ण रुपमा कास्की प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड पालना भएको पाइएको छ ।

त्यस्तै अनुगमन गर्दै जादा केहि पसलहरुको संचालन अनुमती पत्र नभएको ,बिशेष गरेर स्वास्थ्यमा असर गर्ने रंग हरु खाने कुरामा प्रयोग भएको पाइएको छ भने अनुगमन समितिले बिगतमा हुदै आएका गल्तीहरु पूर्ण नदोर्याउन र कागजपत्र नपुगेको खण्डमा १५ दिन भित्र सबै प्रक्रिया सकेर प्रशासन कार्यालयमा उपस्तिथी हुन् निर्देशन दिएको छ ।

चाडपर्वको समयमा हुन् सक्ने मुल्य बृद्धी ,कालोबजारी लगाएतका कुरामा सबै नागरिकलाई सचेत हुन् र यदि कसैले पनि यस्तो कानुन बिपरित काम गर्दै आएका छन् भने आफुहरुलाई गोप्य सुचना प्रवाह गर्न समेत अनुगमनको टोलीले आग्रह गरेको छ । यदि कसैले कानुन बिपरित कार्य गर्दै मानव स्वास्थ्य माथी हानी हुने खालको कुनै कार्य गर्छन भने उनीहरु उपर नेपालको कानुन अनुसार कारवाही अगाडी बढाउँन कास्की प्रशासन सधै तयार रहेको अनुगमन समितिका अध्यक्षले आन्कारी दिएका छन् ।