‘सैईया धिरे धिरे’ सार्वजनिक

काठमाडौ ५ कार्तिक । मोफसलमा रहेर पनि नेपाली चलचित्र निर्माण र भाषिक गीत संगीतलाई निरन्तर माया गर्दै आईरहेका निर्माता, कलाकार आलम खान अभिनित ‘सैईया धिरे धिरे’ बोलको पछिल्लो भिडियो सार्वजनिक भएको छ । ओम प्रकाश रायको शब्द, भवानी साह ‘शोनी’को स्वर, पारस मणिको संगीत रहेको भिडियोका निर्देशक राजुराजदेव चौधरी हुन् ।

समिता गिगी र आलम खान अभिनित भिडियो छिन्नमस्त फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।