विश्व किर्तीमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिक |

विश्व किर्तीमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । गिनीज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ५९ विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गरेका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिक लाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैहुनुन्छ ।

यसपटक उहाँले सार्वजनिक गरेको गीति कवितामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नारीहरूको नाम समेटिएको गीति कविता, विश्व सम्पदाहरूको नाम समेटिएको गीति कविता, विश्वप्रख्यात केकहरूको नाम समावेश गरिएको गीति कविता, संसारमा प्रचलित टाँकहरूको नाम समावेश गरिएको गीति कविता, संसारमा प्रचलित साइकलका ब्रान्डहरूको नाम समेटिएको गीति कविता, विश्वमा प्रचलित मोटरसाइकलका ब्रान्डहरूको नाम समावेश गरिएको गीति कविता, विश्वका पुराना मन्दिरहरूको नाम समावेश गरिएको गीति कविता र प्रचलित लोगोहरू समावेश गरिएको गीति कविता रहेका छन् । यस्तै उहाँले शनिबार तीन पृथकशैलीमा सिर्जना पनि सार्वजनिक गर्नुभएको छ ।

तीन पृथकशैलीका सिर्जनामा आफ्ना गीतलाई पोष्ट कार्ड फ्रेममा दुइ सयभन्दा बढी, सय भन्दा बढी चराचुरूङगी तथा जनावरको आकृति भित्र आफ्ना गीत प्रिन्ट र प्लेकार्ड साइजमा सय भन्दा बढी आफ्ना गीत प्रिन्ट रहेका छन् ।

सो अवसरमा गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, सन्तोष श्रेष्ठ, मिलाप फाउण्डेसन अध्यक्ष तथा चलचित्र पत्रका संघ पूर्व उपाध्यक्ष गीता अधिकारीलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उहाँहरूले डा. उपाध्याका कार्यले नेपाललाई विश्वमा चिनाउने कार्य गरेको बताउनुभयो ।

यी गीति कविता र तीन पृथकशैलीमा सिर्जना लाई पनि उहाँले केही दिनमै विश्व रेकर्डमा समावेश गर्ने तयारीमा हुनुहुन्छ । गीत-सङ्गीत तथा साहित्य सृजनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने उहाँ पहिलो नेपाली सर्जक हुनुहुन्छ । डा. उपाध्यायले आगामि वैशाखमा १०० वटा विश्व रेकर्ड पुर्‍याउने लक्ष्य लिएर काम गरिरहेको बताउनुभयो ।

कीर्तिमानी डा. उपाध्यायका २४ एल्वमका सयौं गीत स्रोता/दर्शकमाझ रहेका छन् । यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफि लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।